‘पृथ्वीराज’मा अक्षयकुमारको जोडी पूर्वमिस वर्ल्ड मानुषी
मुम्बई । ‘मिस वर्ल्ड २०१७’की विजेता मानुषी छिल्लर फिल्म अभिनयमा डेब्यु गर्ने लगभग पक्कापक्की भएको छ । यशराज फिल्मस्ले ऐतिहासिक विषयमा निर्माण गर्न लागेको फिल्म ‘पृथ्वीराज’बाट उनले डेब्यु गर्न लागेकी हुन् ।
सुपरस्टार अक्षयकुमार उनको जोडीको रुपमा देखिने फिल्मका निर्देशक चन्द्रप्रकाश द्विवेदी हुन् । फिल्म सम्राट पृथ्वीराज चौहानको जीवनमा आधारित रहेर निर्माण हुन लागेको हो ।
‘अक्षयकुमार जस्तो स्टारसँग बलिउड अभिनय डेब्यु गर्न पाउनु आफ्ना लागि सम्मान होे’ मानुषीले अभिनयको विषयमा खुसी हँुदै भनिन्, ‘आफ्नो भूमिका प्रति न्याय गर्ने कोशिस गर्नेछु ।’
अभिनेता अक्षयकुमारले पनि फिल्म मुर्हूतको तस्बिर सोसल मिडियाबाट शेयर गरेका छन् । उनले फ्यानबाट सपोटको इच्छा समेत जाहेर गरेका छन् । मानुषीले पनि मुहूर्त पूजाको तस्विर शेयर गरेकी छन् ।
मानुषीले फिल्म अभिनय आफ्नो जीवनको रोमाञ्चित अध्याय समेत भएका बताएकी छन् । फिल्ममा मानुषीले संयोगिताको भूमिका निर्वाह गर्नेछिन् । फिल्म २०२०को दीपावलीको अवसरमा प्रदर्शनमा आउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशमा विद्यार्थीहरूले खोले नयाँ पार्टी
-
नेपाल वायुसेवा निगमको ग्राउन्डेड विमानहरू कुन कहिलेदेखि उड्छन् ?
-
फिल्म ‘मायावी’को नयाँ गीत सार्वजनिक
-
पाथीभरा केबलकार निर्माणविरुद्ध भइरहेको आन्दोलन वार्ताबाटै समाधान गर्नुपर्छ : सांसद खतिवडा
-
विजय लघुवित्तको सहयोगमा ३ दिने स्वास्थ्य शिविर
-
एमाले मोरङको अधिवेशन उद्घाटनमा प्रधानमन्त्री ओली आउने