कुवेतमा थुनामा रहेका २१ नेपालीलाई तत्काल फिर्ता गर्न सरकारलाई निर्देशन
काठमाडौं– संसदीय समितिले कुवेतमा थुनामा रहेका २१ जना नेपाली कामदारलाई तत्काल फिर्ता गर्न सरकारलाई निर्देशन दिएको छ । संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले कुवेतमा थुनामा रहेका २१ जना नेपाली कामदारलाई तत्काल स्वदेश फर्काउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र गृहमन्त्रालयलाई निर्देशन दिएको हो । कामको खोजीमा कुवेतमा अवैधानिक ढंगले पुगेका २१ जना नेपाली कामदारलाई कुवेत सरकारले थुनामा राखेको छ ।
थुनामा राखेका उनीहरुको दण्ड जरिवानी तिरेर भएपनि तत्काल फिर्ता पठाउन समितिले सरकारलाई निर्देशन दिएको समितिका सभापति विमलप्रसाद श्रीवास्तवले जानकारी दिए । थुनामा रहेका ती नागरिकहरुका लागि ५४ लाख जरिवान तिरेर नेपाल फर्काउन सकिने कुवेतस्थित नेपाली दूतावासको भनाई छ । त्यसैगरी समितिले उनीहरुलाई अवैधानिक ढंगले कुवेत पु¥याउने म्यान पावर कम्पनीमाथि पनि कडा कार्वाही गर्न सरकारलाई सचेत गराएको छ ।
यता, सरकारले भने कवेतमा थुनामा रहेका २१ जना नेपाली कामदारलाई स्वदेश फिर्ता गराउन कुवेत सरकारसँग छलफल भइरहेको जनाएको छ । परराष्ट्र सचिव शंकरदास बैरागीले उनीहरुलाई स्वदेश फर्काउन त्यहाँस्थित नेपाली दूतावासमार्फत पहल भइरहेको बताए । उनले समितिको बैठकमा उनीहरुमाथि तोकिएको दण्ड जरिवाना मिनाहा गर्न पनि कुवेत सरकारसँग नेपाली दूतावासले कुरा गरिरहेको पनि जानकारी दिए ।
बैठकमा समितिका सदस्यहरुले कामको खोजीमा अवैधानिक ढंगले कुवेत पुगेका ती नागरिकहरुलाई स्वदेश फिर्ता गराउन पहल नगरेको भन्दै सरकारको आलोचना गरेका थिए । समितिका सदस्य प्रकाश रसाईलीले कुवेतमा बन्धक बनाइएका नेपाली कामदारलाई तत्काल फिर्ता गराउन पनि सरकारलाई सचेत गराए ।
समितिका सदस्यहरुले नेपाली कामदारहरुलाई अवैधानिक ढंगले वैदेशिक रोजगारमा लग्ने म्यानपावर कम्पनीको छानविन गरी कडा कार्वाही गर्न पनि सरकारसँग माग गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरियामा फेरि भड्कियो हिंसा, हजारभन्दा धेरैको मृत्यु
-
५०० करोड क्लबमा छिर्ने यस वर्षको पहिलो फिल्म बन्यो छावा
-
गाजा योजनाबारे के भन्छन् युरोपेली देशका नेता ?
-
प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता : मधेस प्रदेशको टिम घोषणा
-
इसेवा र हिमालयन बैंकबिच सहकार्य
-
पूर्वराजालाई गृहमन्त्रीको चेतावनी : गणतन्त्रको विकल्प राजतन्त्र हुन्छ भन्ने भ्रममा हौसिन आवश्यक छैन