सिफारिस समितिले पदाधिकारीको नाम सोमबार सार्वजनिक गर्ने

काठमाडौं– सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगका पदाधिकारी चयन गर्न बसेको सिफारिस समितिको बैठकले सोमबार सम्पूर्ण नाम सार्वजनिक गर्ने निर्णय गरेको छ । समितिका सदस्य शर्मीला कार्कीका अनुसार आज बिहान बसेको बैठकले भोलि आयोगमा परेका नामहरुको सूचना सार्वजनिक गर्ने र ती नामहरुमा उजुरी गर्न पाँच दिन समय दिइनेछ र त्यसपछि नाम सिफारिस हुनेछ ।
दुवै आयोगमा पदाधिकारीहरुमा चाहना राख्ने पुरानै नामका व्यक्तिले पनि फारम भरेका छन् भने व्यक्ति आफैँले र विभिन्न संस्थामा सिफारिस गरेका तथा समितिले सिफारिस गरेका नामहरु पनि रहेको उनको भनाइ थियो । पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा गत चैतमा सरकारले दुई आयोगमा पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति गठन गरेको थियो ।
पदाधिकारीका लागि सम्भावित नामहरुमा उजुरी आह्वान गर्ने प्रक्रियाबाहेक अरू काम हुन सकेको छैन । अब भने प्रक्रिया अगाडि बढ्ने तय भएको छ । दुवै आयोग पदाधिकारीविहीन हुँदा सङ्क्रमणकालीन न्यायमा ढिलाइ भइरहेको भन्दै द्वन्द्वपीडित साझा चौतारीले एक प्रेस विज्ञप्ति जारी राजनीतिक दलबीचको सहमतिले सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोगहरुमा निष्पक्ष, स्वतन्त्र र पारदर्शी प्रक्रियाद्वारा गठन हुनुपर्ने मान्यतामा धावा बोलेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घनश्यामको टिप्पणीप्रति वाइसिएल अध्यक्ष शेर्पालीको आपत्ति
-
घुस सहित पक्राउ परेका पोखरा महानगरका कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
महालक्ष्मी विकास बैंक बन्यो सबैभन्दा कम कोष लागत भएको विकास बैंक
-
प्रचण्ड–माधवलाई ओलीको चेतावनी– डम्बरुमाथि खतरा आए बघिनीले झाप्पु हान्छ
-
सूचना लुकाएको भन्दै काभ्रे बहुमुखी क्याम्पससँग राष्ट्रिय सूचना आयोगद्वारा लिखित जवाफ माग
-
डिजिटल प्रविधिको प्रयोग र विस्तारमा सम्भावनाहरूको खोजी गरिरहेका छौँ : मुख्यमन्त्री कँडेल