शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सभापति देउवाद्वारा दुःख व्यक्त

आइतबार, ०१ मङ्सिर २०७६, १४ : २४
आइतबार, ०१ मङ्सिर २०७६

काठमाडौं– नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भक्तपुर १ (क) प्रदेशसभाका काँग्रेसका उम्मेदवार कृष्णलाल भँडेलकी आमा सेतीमायाँ भँडेलको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

काँग्रेस नेतासमेत रहेका कृष्णलाल भँडेलकी आमा सेतीमायाँको ८४ वर्षको उमेरमा उपचारका क्रममा आज बिहान मध्यपुर ठिमी अस्पतालमा निधन भएको हो । सभापति देउवाले उनको निधनको खबरले अत्यन्तै दुःख लागेको उल्लेख गर्दै स्व सेतीमायाँ भँडेलप्रति श्रद्धाञ्जलि र शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप