उद्योगी, व्यवसायीद्वारा सरकारको चर्को आलोचना
![उद्योगी, व्यवसायीद्वारा सरकारको चर्को आलोचना](https://rpcdn.ratopati.com/media/albums/tax_Uw9VwCoMSQ.jpg)
काठमाडौँ– उद्योगी, व्यवसायीहरुले मारमा पार्ने गरी कर नीति लिएको भन्दै सरकारको चर्को आलोचना गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, नेपाल चेम्बर अफ कर्मशका अध्यक्ष राजेशकाजी श्रेष्ठलगायतका उद्योगी, व्यवसायीहरुले खर्चसमेत धान्न नसक्ने गरी करको भार थोपर्ने गरेको भन्दै सरकारको चर्को आलोचना गरेका हुन् ।
आठौं राष्ट्रिय कर दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष गोल्छाले प्यान कार्ड अनिवार्य लिने व्यवस्था गरेर सरकारले साना व्यवसायीलाई त्रसित बनाएको भन्दै आपत्ति जनाए ।
उनले साना व्यवसायीहरुलाई त्रसित बनाउने गरी कर असुल नगर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए । वरिष्ठ उपाध्यक्ष गोल्छाले करको दायरा बढाउने र मुलुकको आर्थिक गतिविधिलाई पारदर्शी बनाउने काममा भने सरकारलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।
नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष श्रेष्ठले करको भारबाट उन्मुक्ति दिलाई दिन सरकारसँग आग्रह गरे ।
सामान्य खर्च समेत धान्न नसक्ने गरी कर असुली गरेर राज्यले व्यवसायीहरुलाई अप्ठयारोमा पारिरहेको उनको गुनासो छ । अध्यक्ष श्रेष्ठले व्यवसायीहरुलाई जवाफदेही बनाउन सरकारले करको दायरा बढाएपनि त्यो व्यवसायमैंत्री हुनुपर्ने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता