शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एभरेष्ट बैंकद्वारा भैरहवास्थित स्वर्गद्वारीघाटमा वातावरण मैत्री शवदाहगृह मेशीन स्थापना

आइतबार, ०१ मङ्सिर २०७६, १३ : २२
आइतबार, ०१ मङ्सिर २०७६

काठमाडौं– एभरेष्ट बैंकले भैरहवा स्थित स्वर्गद्वारीघाटमा ऊर्जा प्रभावशाली तथा वातावरण मैत्री शवदाहगृह प्रणाली स्थापना गरेको छ । 

मेशीनमा तातो बहाली प्रणाली र रिफ्लेक्टर रहेको छ जसले नष्ट हुने तातोलाई सदुपयोग गर्नुका साथै दाहसंस्कारको समय अवधि पनि कम गर्दछ । 

यसले २५० केजी भन्दा बढि प्रति दाहसंस्कारका लागि प्रयोग हुने काठ जोगाउँछ र वन विनाशलाई नियन्त्रण गर्दछ । 

यस प्रणालीमा चिसो स्क्रबरको माध्यमबाट धुवाँ बाहिर निस्किने भएकाले जोखिमपूर्ण वायू प्रदूषक र विषादी पदार्थहरु वायुमण्डलमा पुग्नुअघि हटाउँछ र प्रदूषण नियन्त्रणमा सहयोग पुर्याउँछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप