आयुष्मानकी श्रीमतीले खोलिन् मनको कुराः यामी गौतमसँग श्रीमानको अंतरंग दृश्यमा कस्तो लागेको थियो
अहिलेको समयका सबैभन्दा सफल अभिनेता आयुष्मान खुरानाकी श्रीमती ताहिरा कश्यपले आफ्नो मनको कुरा खोलेकी छिन् । लेखिका तथा फिल्म निर्माता र क्यान्सरसँगको लडाईंमा जीत हाँसिल गरिसकेकी ताहिराले पहिलो पटक आफ्ना श्रीमानको अंतरंग दृश्यबारे टिप्पणी गरेकी छिन् । आफ्नो श्रीमानको अभिनेत्री यामी गौतमसँगको अंतरंग दृश्य देख्दा आफूलाई असुरक्षाको भावनाले घेरेको ताहिराले बताइन् । यद्यपि, यस्तो भावनाबाट निस्कन आफूले सिकिसकेको उनले बताइन् ।
ताहिराले भनिन्, ‘विकी डोनरमा आयुष्मान र यामी गौतमबीच अंतरंग दृश्य देख्दा मलाई असुरक्षाको भावनाले घेरेको थियो ।’
राधिका आप्टेसँग अंतरंग दृश्यमा आफैंले बताइन् कमजोरीः
ताहिराले भनिन्, ‘हो, सुरुमा म असुरक्षित महसुस गर्थे, तर जब म ‘अंधाधुन’ को सम्पादन हेरिरहेकी थिएँ तब मैले टिमलाई आयुष्मान र राधिका आप्टेबीचको अंतरंग दृश्यमा केही कमी भएको बताएकी थिएँ । त्यतिबेला एक असुरक्षित श्रीमतीदेखि अंतरंग दृश्यको विश्लेषकसम्मको यो परिवर्तनलाई मैले महसुस गरेँ ।’
आफ्नै पहिचान बारे के भन्छिन् आयुष्मानकी श्रीमतीः
आफ्नै पहिचानबारे ताहिरा भन्छिन्, ‘म आयुष्मानलाई १८ वर्षदेखि चिन्छु र आयुष्मानकी श्रीमतीको रुपमा परिचित हुँदा मलाई गर्व महसुस हुन्छ । जहाँसम्म आफ्नै पहिचानको कुरा छ, संसार मेरो आत्मस्वीकृतिको सन्देशप्रति साँच्चै नै ग्रहणशील छ । म जे छु, मेरो आफ्नै उपस्थिती, धारणा र अस्तित्वलाई मानिसहरुले स्विकार गर्न सुरु गरेका छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यसरी निभ्यो वीरगञ्जको साम्प्रदायिक आगो
-
न्युयोर्कमा मिथिला ‘हेरिटेज कार्यशाला’
-
म्यानमारका भूकम्पपीडिलाई एनआरएनए थाइल्याण्डद्वारा राहत सहयोग हस्तान्तरण
-
२० वर्ष पुराना ट्याक्सी जफत सुरु, शुक्रबार ट्राफिकले समात्यो दर्जनभन्दा बढी ट्याक्सी
-
देश विकासमा पूर्वाग्रह र मतभेद राख्न आवश्यक छैन : प्रधानमन्त्री
-
गभर्नर नियुक्तिमा ठूलो आर्थिक चलखेल हुँदैछ : वर्षमान पुन