बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

तेलको मूल्य वृद्धि भएपछि इरानका कयैन सहरमा प्रदर्शन

आइतबार, ०१ मङ्सिर २०७६, १२ : ५६
आइतबार, ०१ मङ्सिर २०७६

एजेन्सी । इरानको सरजान सहरमा एक जना प्रदर्शनकारी मारिएका छन् । प्रदर्शन सरकारले पेट्रोलियम पदार्थको मूल्यमा कम्तीमा ५० प्रतिशतसम्म वृद्धि गराएको विरोधमा भएको थियो ।  

अमेरिकी  प्रभावलाई निस्तेज पार्ने प्रयास स्वरुप सरकारले तेलको मूल्य बढाउने कदम चालेको थियो । 

सरजान सहरका कार्यवाहक गर्भनर मोहम्मद महमुदावादीले एक प्रदर्शनकारीको मृत्यु भएको पुष्टि गरे । महमुदावादीले प्रदर्शनकारीको मृत्युको कारण भने स्पष्ट  भइनसकेको बताए । 

अन्य प्रदर्शनकारी पनि घाइते भएका छन् । महमुदावादीले भने ,‘ सुरुक्षा फौजलाई गोली हान्ने अनुमति थिएन । उनीहरुलाई चेतावनीपूर्ण हवाई फायर गर्न भनिएको छ र तिनले त्यही गरेका थिए ।’

‘शान्तिपूर्ण भेला’ भए पनि ‘सार्वजनिक सम्पत्ति , इन्धन केन्द्र र तेल कम्पनीहरुमाथि आक्रमण हुन थालेपछि गोली हानिएको हुन सक्ने महमुदावादीले बताए । 

प्रदर्शकारीलाई नियन्त्रणमा लिनको लागि कयैन सुरक्षाकर्मीका कयैन निकाय सडकमा उतारिएको थियो । विरोध प्रदर्शन नियन्त्रणमा लिनको लागि प्रहरी, रिभोलुसनरी गार्ड र बासिज मिलिसियाहरु खटाइएको थियो । 

शनिबार सरकारी एजेन्सी आईआरएनएले सरजानको अतिरिक्त अवादान, अहबाज, बन्दर अब्बास, बिरजान्द, गच्सरन, खोरम्शहर, महाशहर, मस्हान र शिरजमा पनि प्रदशन भएको जानकारी दियो । 

नाकाबन्दीका कारण जनताको जीवनस्तर बिग्रेको समयमा सरकारले तेलको मूल्य बढाएकोबाट मानिसहरु क्रुद्ध छन् । 

शुक्रबार अधिकारीहरुले इन्धनको विक्रि र प्रयोगसम्बन्धमा नयाँ नियम ल्याएको थियो । नयाँ नियम अनुसार नीजि प्रयोजनको लागि प्रयोग हुने वाहनले महिनामा ६० लिटरको कुपन पाउनेछन् । साथै यो सिमामा तेलको मुल्य पहिलेभन्दा ५० प्रतिशत बढी हुनेछ । 

अझ सिमाभन्दा बढी तेल किन्नु परेमा मूल्य दोब्बर तिर्नुपर्ने व्यवस्था गरिएको छ । 

यो मूल्य वृद्धिले न्युन–आय र मध्यम–आयमा गुजारा गरिरहेका इरानीहरुलाई ठूलो धक्का लाग्नेछ । 

‘कुनै चेतावनीबिना नै मूल्यमा एक्कासी वृद्धि भयो । धेरैजना यसलाई असह्य मानिरहेका छन् । यसको जीवनका अन्य पक्षसँग पनि प्रभाव हुनेछ । अर्थात यसको कारणले पाउरोटी, अण्डा र अन्य खानाको पनि मूल्य बढ्नेछ ।’

इरानमा प्रदर्शन आयोजना गर्नको लागि गृह मन्त्रालयबाट पूर्व अनुमती लिनुपर्छ । तथापि अधिकारीहरुले आर्थिक मुद्दामा हुने सानो तिनो प्रदर्शनलाई बेवास्ता गर्ने गर्छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप