बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेपाल बैंकद्वारा २ अर्ब ५० करोडको ऋणपत्र निष्काशन

आइतबार, ०१ मङ्सिर २०७६, १२ : ४३
आइतबार, ०१ मङ्सिर २०७६

काठमाडौं– नेपाल बैंक लिमिटेडले २ अर्ब ५० करोड बराबरको डिबेन्चर वार्षिक १०% व्याज सहित सात वर्षको लागि निष्काशन गरेको छ । बैंकले डिबेन्चर निष्काशनका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

बैंकको “१०% एनबिएल डिबेन्चर २०८३” २ अर्ब ५० करोड बराबरको डिबेन्चर १०% व्याज सहित सात वर्षको लागि निष्काशन गर्न लागेको हो । कूल २५ लाख कित्ता डिबेन्चर मध्ये १५ लाख कित्ता डिबेन्चर व्यक्तिगत तवरबाट र १० लाख कित्ता डिबेन्चर सर्वसाधारणमा निष्काशन गरिने बैंकले जनाएको छ ।

उक्त कार्यको लागि नेपाल बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठका बीचमा डिबेन्चर शेयर निष्काशन गर्ने सम्झौता भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप