नायक विक्की कौशलले २२ लाखको घडी लगाएको देखेर प्रशंसक चकित
बलिउड नायक विक्की कौशलको अभिनयबाहेक उनको नयाँ घडीले पनि प्रशंसकको ध्यान खिचेको छ । हालै सेयर भएको एक तस्बिरमा विक्कीले ओक्टो फिनिसिमो स्केलेटन घडी लगाइरहेको देखिएका छन् । यो घडीको मूल्य लाखौंमा पर्छ । २२ लाख ८० हजार भारु पर्ने यो घडीको मूल्यमा एउटा एसयूवी किन्न सकिन्छ । हालै फिल्मनिर्माता रोहित शेट्टीले पनि ३ करोड मूल्यको लेम्बोर्गिनी कार खरिद गरेका थिए ।
‘सरदार ऊधम सिंह’ को तयारीमा व्यस्त विक्की कौशलले हालै आफ्नो इन्स्टाग्राम अकाउन्टबाछ एउटा स्टाइलिश तस्बिर सेयर गरेका छन् । तस्बिरमा नायक ब्लेजर र स्वेटरसहित २२ लाख भारु पर्ने घडी लगाइरहेको देखिएका छन् । फोटो सार्वजनिक भए लगत्तै यसमा प्रशंसकले कमेन्ट गर्न सुरु गरेका छन् । यो फोटो उनले म्यागजिन कभरका लागि खिचेका थिए ।
यसै वर्ष रिलिज भएको ‘उरी–द सर्जिकल स्ट्राइक’ ले बलिउड बक्स अफिसमा निकै राम्रो कमाई गरेको थियो । अहिले नायक आफ्नो आगामी फिल्म ‘सरदार ऊधम सिंह’, ‘भूत’ र मनेकशांको बायोपिक गर्न व्यस्त छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कारागारमा रवि लामिछाने : खानामा दाल, भात, तरकारी नै रुचाउँछन्
-
आर्सनलसँगको नमिठो हारपछि क्लब छाड्दै रियल मड्रिडका मुख्य प्रशिक्षक
-
कक्षा १० को उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षा सञ्चालनमा सहयोग गर्नुस् : राष्ट्रिय परीक्षा बोर्ड
-
एआईजी बढुवा– राष्ट्रिय अनुसन्धानबाट आएकाहरू सिफारिस भएनन्
-
पाइप फुटेपछि थापाथली कोरिडोरमा बिजोग (तस्बिरहरू)
-
संयुक्त राष्ट्रसङ्घका आणविक प्रमुख तेहरानमा