शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कम्पनी टाट पल्टियो : अनिल अम्बानीले दिए राजीनामा

आइतबार, ०१ मङ्सिर २०७६, ०९ : ०२
आइतबार, ०१ मङ्सिर २०७६

एजेन्सी । भारतीय व्यवसायी अनिल अम्बानीले रिलायन्स कम्युनिकेसन्स (आरकम) को निर्देशक पदबाट राजीनामा दिएका छन् । कम्पनीले शनिबार रेगुलेटरी फाइलिङमा यसको जानकारी दिएको हो ।

अम्बानीसँगै छाया विरानी, रायना करानी, मञ्जरी कक्कड र सुरेश रंगचरले पनि निर्देशक पदबाट राजीनामा दिएका छन् ।

आरकमले बीएसईलाई निर्देशक र सीएफओ पदबाट श्री मणिकान्तन वी ले पछिल्लो महिना नै राजीनामा दिएको जानकारी पनि गराएको थियो । यो सबै राजीनामा कम्पनीको कमिटी र क्रेडिटर्सको अगाडि राखिनेछ ।

आरकमको यतिबेला खारेजीको प्रक्रियामा रहेको छ । कम्पनीले जुलाई–सेप्टेम्बर त्रैमासिकमा ३० हजार १४२ करोड रुपैयाँ घाटा बेहोरेको शुक्रबार जनाएको थियो । कुनै पनि भारतीय कम्पनीले त्रैमासिकमा बेहोरेको दोस्रो ठूलो घाटा हो ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप