बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रभावशाली जितसँगै जर्मनीले युरो २०२० मा स्थान बनायो

आइतबार, ०१ मङ्सिर २०७६, ०८ : ४३
आइतबार, ०१ मङ्सिर २०७६

एजेन्सी । मिडफिल्डर टोनी क्रुस चम्किएपछि जर्मनीले युरोकप छनोट खेलमा बेलारुसमाथि प्रभावशाली जित निकालेको छ । समूह ‘सी’ अन्तर्गत शनिबार राति घरेलु मैदानमा भएको खेलमा जर्मनीले बेलारुसलाई ४–० गोलले हरायो ।

जर्मनीको जितमा टोनी क्रुसले दुई, म्याथियस जिन्टर र लियोन गोरेट्काले एक एक गोल गरे । ४१ औँ मिनेटमा म्याथियस जिन्टरले सर्जी जिनाब्रीको पासमा गोल गर्दै जर्मनीलाई अग्रता दिलाए । जर्मनीले दोस्रो हाफमा तीन गोल गरेको थियो । ४९ औँ मिनेटमा लियोन गोरेट्काले टोनी क्रुसको पासमा गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए । त्यसपछि क्रुजले ५५ औँ र ८३ औँ मिनेटमा लगातार दुई गोल गर्दै जर्मनस्लाई सहज जित दिलाए । यसअघि ७५ औँ मिनेटमा बेलारुसले पेनाल्टीको मौका गुमाएको थियो ।

जितसँगै समूहको शीर्ष स्थानमा रहेको जर्मनीले सात खेलबाट १८ अंक बनाउँदै युरो कपका लागि छनौट भएको छ । चार अंक बनाएको बेलारुस चौथो स्थानमा छ । अर्को खेलमा दोस्रो स्थानमा रहेको नेदरल्यान्ड र नर्दन आयरल्यान्डले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । बराबरीसँगै नेदुल्यान्डले १६ अंक बनाएको छ । १३ अंक बनाएको नर्दन आयरल्यान्ड तेस्रो स्थानमा छ ।

यसैगरी समूह ‘ई’ को खेलमा क्रोयसिया र वेल्स विजयी भएका छन् । क्रोयसियाले स्लोभाकियालाई ३–१ र वेल्सले अजरबैजानलाई २–० गोलले हराएको छ । जितसँगै बीर्ष स्थानमा रहेको क्रोयसियाले आठ खेलबाट १७ अंक बनाएको छ । क्रोयसिया शीर्ष स्थानमा छ । १० अंक बनाएको स्लोभाकिया चौथो स्थानमा छ । तेस्रो स्थानमा रहेको वेल्सले सात खेलबाट ११ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको हंगेरीको १२ अंक छ । एक अंकमा सिमित अजरबैजान अन्तिममा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप