बेल्जियमले रसियालाई ४–१ गोलले हरायो
कप्तान इडेन हजार्ड चम्किएपछि बेल्जियमले सन् २०२० को युरोकप छनोट खेलमा आफ्नो अपराजित यात्रा कायम राखेको छ । समूह ‘आइ’ अन्तर्गत शनिबार राति भएको खेलमा बेल्जियमले रसियालाई ४–१ गोलले हरायो । बेल्जियमको जितमा इडेन हाजार्डले दुई तथा थोर्गन हजार्ड र रोमेलु लुकाकुले एक एक गोल गरे । बेल्जियम र रसिया यस अघिनै युरोकपमा छनोट भइसकेका छन् ।
खेलमा बेल्जियमले १९औं मिनेटमा थोगर्न हजार्डको गोलबाट अग्रता लिएको थियो । ३३औं मिनेटमा इडन हजार्डले अर्को गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । ४०औं मिनेटमा हजार्डले व्यक्तिगत दोस्रो गोल थपे । ७२औं मिनेटमा रोमेलु लुकाकुले गोलगर्दै टोलीको अग्रता फराकिलो बनाए । त्यसपछि ७९औं मिनेटमा रसियाका जियोर्जी झिकियाले सान्त्वना गोल फर्काएका थिए ।
जितसँगै शीर्ष स्थानमा रहेको बेल्जियमले ९ खेलबाट २७ अंक बनाएको छ । पराजित रसियाले समान खेलबाट २१ अंक जोड्दै दोस्रो स्थानमा छ । यही समूहको अर्काे खेलमा स्कटल्यान्डले साइप्रसलाई २–१ र काजकस्तानले सान मारिनोलाई ३–१ गोलले पराजित गरेको छ ।
यसैगरी समूह ‘जी’ बाट पोल्यान्ड र अष्ट्रियाले युरोकपमा स्थान बनाएका छन् । शनिबार राति भएको खेलमा पोल्यान्डले इजरायललाई २–१ गोलले हरायो । जितसँगै शीर्ष स्थानमा रहेको पोल्यान्डले नौ खेलबाट २२ अंक बनाएको छ । ११ अंक बनाएको इजरायन पाँचौं स्थानमा छ । अर्को खेलमा अष्ट्रियाले नर्थ म्यासेडोनियालाई २–१ गोलले पराजित गर्यो ।
जितसँगै अष्ट्रियाले नौ खेलबाट १९ अंक बनाएको छ । ११ अंक बनाएको नर्थ म्यासेडोनिया चौथो स्थानमा छ । यही समूहको अर्को खेलमा स्लोभेनियाले लातभियालाई १–० गोलले हरायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानका प्रधानमन्त्रीले फ्रान्स, ब्राजिल र पाराग्वेका भ्रमण गर्ने
-
आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने
-
पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह सम्पन्न
-
अफगानिस्तानमा बाढीले ७० विद्यालय तथा मदरसा क्षतिग्रस्त
-
पोषणको क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्नुपर्छ : आरजु राणा
-
डीआईजी दुर्गा सिंहको गण्डकी प्रदेशमा सरुवा