केन्द्रीय संस्करण

सन्दिपको टोली कर्नाटकाको विजयी सुरुवात

person explore access_timeमंसिर १, २०७६ chat_bubble_outline0

नेपालका लेग स्पिनर सन्दिप लामिछानेको टोली कर्नाटका टुसकेर्सले युएईमा जारी टी–१० क्रिकेट लिगमा विजयी सुरुवात गरेको छ । आबु धाबीमा शनिबार राति भएको पहिलो खेलमा कर्नाटकाले दिल्ली बुल्सलाई १९ रनले हरायो ।

शेख जायद स्टेडियममा कर्नाटकाले दिएको एक सय ११ रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको बुल्स १० ओभरमा आठ विकेटको क्षतिमा ९१ रनमा समेटिएको थियो । बुल्सका लागि एन्जेलो म्याथ्युले सर्वाधिक ३१ रन बनाए । कप्तान इयान मोर्गनले २१ रन बनाए । बुल्सलाई सस्तैमा समेट्न नाथन रिमिङटनले तीन विकेट लिए । पाट ब्राउन र अहमेद राजाले दुई दुई  विकेट लिए । नेपालका सन्दिपले दुई ओभर बलिङ गर्दै एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्नाटकाले १० ओभरमा पाँच विकेटको क्षतिमा एक सय १० रन बनाएको थियो । कर्नाटकाका लागि उपुल थरंगाले सर्वाधिक ४८ रन बनाए । सफिक उल्लाहले ३४ र जोनसन चाल्र्सले १३ रन बनाए । सन्दिप सुन्य रनमा अविजित रहे । बुल्सका रबी रामपालले दुई विकेट लिएका थिए ।

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.