शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अध्यक्ष प्रचण्डद्वारा दुःख व्यक्त

शनिबार, ३० कात्तिक २०७६, २२ : १५
शनिबार, ३० कात्तिक २०७६

काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जङ्गली हात्तीको आक्रमणबाट चितवनका बाबुराम पौडेल र राजु पौडेलको मृत्यु भएको खबरले आफू अत्यन्त मर्माहत भएको बताएका छन् ।

उनले मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् । जङ्गली हात्तीको आक्रमणबाट आज चितवनको माडी नगरपालिका–१ बरुवाका ६५ वर्षीय बाबुराम र उनका ३५ वर्षीय छोरा राजुको मृत्यु भएको थियो । पूर्वप्रधानमन्त्री दाहालले मृतक परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग आग्रहसमेत गरेका छन् । 

चितवन राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट पटकपटक भइरहेको धनजनको क्षतिप्रति गम्भीर ध्यानाकर्षण गराउँदै उनले यसप्रकारका घटना दोहोरिन नदिन र जनताको जनधनको सुरक्षा गर्न सम्बन्धित पक्षसँग आग्रह गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप