शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लोकतन्त्रलाई बचाउन उपनिर्वाचनमा काङ्ग्रेसलाई मतदान : नेता पौडेल

शनिबार, ३० कात्तिक २०७६, २० : १२
शनिबार, ३० कात्तिक २०७६

 पाँचथर । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सीमा विवाद समाधानका लागि सरकारले पहल गर्न नसकेको आरोप लगाएका छन् । काङ्ग्रेसले पाँचथरको फाल्गुनन्द–१ स्थित नवमीडाँडा शनिबार आयोजना गरेकोे आमसभालाई सम्बोधन गर्दै उनले सरकाले राष्ट्रवादको नारा दिएपनि त्योअनुसार काम गर्न नसकेको आरोप लगाएका हुन् ।

“कूटनीतिक र वार्ताको माध्यमद्वारा सरकारले तत्काल सीमा विवाद समाधान गर्नुपर्छ,’ वरिष्ठ नेता पौडेलले भने, “कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि हो।”  पौडेलले अब मङ्सिर १४ गते हुने उपनिर्वाचनमा लोकतन्त्रलाई बचाउन पनि काङ्ग्रेसलाई विजय गराउन आम मतदातालाई आग्रह गरे ।

उनले अहिले फाल्गुनन्दमा हुने उपनिर्वाचनमा नेकपाका मन्त्री तथा सांसदहरुले नै आचारसंहिता उल्लङ्घन गर्ने किसिमका कार्यक्रम गरिरहेकोप्रति सरकारको ध्यानाकर्षण गराए । 

नेपाली काङ्ग्रेस अनुशासन समितिका संयोजक भीष्मराज आङ्देम्बेले अब हुन लागेको उपनिर्वाचनमा उम्मेदवारलाई विजयी गराउन पार्टीका सबै तहका नेता कार्यकर्तालाई कटिबद्ध भएर लाग्न आग्रह गरे । 

पार्टीका नेता धनराज गुरुङ, रामहरि खतिवडा, बद्री पाण्डे, गुरुराज घिमिरेलगायतका नेताहरुले लोकतान्त्रिक मूल्य मान्यताको प्रवद्र्धनका लागि काङ्ग्रेसलाई विजयी गराउनुपर्नेमा जोड दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप