मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

कागतेनी चोकबाट साढे दुई लाख रुपयाँसहित ६ जना जुवाडे पक्राउ

शनिबार, ३० कात्तिक २०७६, २० : ०२
शनिबार, ३० कात्तिक २०७६

काठमाडौं । महानगरीय प्रहरी वृत तीनकुनको टोलीले काठमाडौंको नयाँ बानेश्वरबाट ६ जना जुवाडेलाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका – ३१ कागतेनी चोकस्थित नविनकिशोर भोजपुरेको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । भोजपुरेलाई पनि नियन्त्रणमा लिइएको छ ।

उक्त जुवाखालबाट २ लाख ५९ हजार ५० रुपयाँ बरामद गरिएको महानगरीय प्रहरी वृत तीनकुनका प्रमुख डिएसपी दुर्गाराज रेग्मीले जानकारी दिए । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप