वाम इतिहासकारहरुले अयोध्याका बारे भारतीय मुस्लिमहरुलाई भ्रमित पारे
अयोध्याबारे आफ्ना दुई पुस्तकहरु राम र अयोध्या (Rama and Ayodhya) तथा रामका लागि संघर्षः अयोध्यामा मन्दिरको मुद्दा (Battle for Rama: Case of the Temple at Ayodhya) मा इतिहासकार मिनाक्षी जैनले व्रिटिश भारतकालीन धार्मिक ग्रन्थहरु, न्यायिक तथा जमीनसम्बन्धी रेकर्डहरु तथा विदेशी यात्रुहरुले गरेको वर्णनका आधारमा वाम इतिहासकारहरुले हामीलाई फरक ढंगले विश्वास गराउन खोजेभन्दा धेरै पहिल्यैदेखिनै अयोध्या हिन्दूहरुको लागि पवित्र स्थान रहेको उल्लेख गरेका छन् । जैनले अदालती रेकर्डहरु तथा पुरातात्विक रिपोर्टहरुलाई एकाकार गर्दै अयोध्या हिन्दूहरुको आस्थाको आधारमा मात्रै नभई ऐतिहासिक प्रमाणका आधारमा समेत पवित्र स्थान रहेको गहन तर्कलाई अघि सारेकी छिन् । उनले यस अन्तर्वार्तामा भारतीय सोचमा रामको प्रासंगिकता र प्रमाणहरुको चाङका बारेमा ‘वामहरुले गर्ने गरेको सहज वेवास्ता’का बारेमा कुराकानी गरेका छन् ।
भारतीय चेतनामा राम पहिलो पटक कहिले देखापरे ? त्यसबारेमा हामीसँग लिखित वा अरु के प्रमाणहरु छन् ?
वाल्मिकी रामायणभन्दा पनि धेरै पहिले, स्वर पाठ गरिने परम्परा थियो, जसलाई राम कथा भन्ने गरिन्थ्यो । यो कथा मौखिक वाचनमा विशिष्टता हासिल गरेका दक्ष मानिसहरुले भन्ने गर्थे । उनीहरु रामका कथा वाचन गर्दै एक गाउँबाट अर्को गाउँ जाने गर्थे । प्राज्ञहरुका अनुसार, वाल्मिक ती कथाहरुबारे जानकार थिए, उनले ती कथाहरुलाई संग्रहित गरे र रामायण भनिने त्यो महान् ग्रन्थ तयार गरे । उक्त कथाका प्रारम्भिक स्वरुपहरु सुरक्षित रहेनन् । त्यसैले रामबारेका प्रथम प्रमाणका रुपमा हामीसँग बाल्मिकी रामायण छ ।
तर वाम इतिहासकारहरुले त के तर्क दिएका छन् भने रामको पूजा भनेको १८ औं शताब्दीको प्रचलन हो ।
उनीहरु यो किन भन्छन् भने भारतीय मनमस्तिष्कमा राम कति गहिरोसँग जरो गाडेर बसेको छ भन्ने कुरालाई झल्काउनेसाहित्य, मूर्ति, पुरातत्व तथा शिलालेखहरुमा रहेको गहन प्रमाणहरुलाई सहजै वेवास्ता गर्ने गर्छन् । ईशापूर्व दोस्रो–पहिलो शताब्दीतिरको एउटा टेराकोटाको अंश फेला परेको छ, जसमा रावणले सीतालाई हरण गरेर ललिरहेको र सीताले आफूलाई पत्ता लगाउन सहयोग पुगोस् भनेर आफ्ना गहनाहरु फ्याँकिरहेको देखाइएको छ । यो एउटा अंश मात्रै हो । एउटा कलाकारले त्यो एउटा अंश मात्रै किन चित्रण गरे ! यो रामायणको पूरै कथा होइन । यसबाट पनि सबैजना रामकथासँग परिचित थिए भनेर हामी व्याख्या गर्न सक्छौं । त्यसपछि हामीसँग राम टेराकोटा छ, जुन अहिले अमोरिकाको संग्राहलयमा छ, जसमा राम आफ्ना धनुष, बाणसहित छन् र उनको धोतीमा ब्राम्ही भाषामा राम लेखिएको छ । टेराकोटा अत्यन्तै सहज ढंगले प्राप्त हुने कलाको माध्यम हो । यो जो कसैले पनि आकृतिमा ढाल्न सक्छ ।
ईशापूर्व दोस्रो–पहिलो शताब्दीतिरको एउटा टेराकोटाको अंश फेला परेको छ, जसमा रावणले सीतालाई हरण गरेर ललिरहेको र सीताले आफूलाई पत्ता लगाउन सहयोग पुगोस् भनेर आफ्ना गहनाहरु फ्याँकिरहेको देखाइएको छ । यो एउटा अंश मात्रै हो । एउटा कलाकारले त्यो एउटा अंश मात्रै किन चित्रण गरे ! यो रामायणको पूरै कथा होइन ।
त्यसो हो भने किन कोही व्यक्तिले त्यस्तो कला सिर्जना गर्छ जबकि तिनीहरुलाई यो कुराको थाहा नै हुँदैन कि कोही मानिस योसँग सम्बन्धित हुन सक्छ ?
दोस्रो शताब्दीतिरै मानिसहरुले रामको कथालाई वाचन गरेको सन्दर्भहरु पाइन्छन् । साथै, तपाईं मन्दिरहरु जानुभयो भने, विशेष गरी उत्तरका मन्दिरहरु, रामायणका पूरै दृश्यहरु मन्दिरका भित्ताहरुमा चित्रित गरिएका पाइन्छ । यसले पनि रामायणको लोकप्रियताबारे नै झल्काउँछ । पछि १२ औं शताब्दीमा रामको सम्मानमा तीनवटा मन्दिरहरु बनेका छन्. र ती सबैमा रामको सम्मानमा मन्दिर निर्माण गरिएको कुरा शिलालेखमा कुँदिएको छ । तीमध्ये दुईवटा मध्य प्रदेशमा अझै छन् र एउटा मन्दिर चाहिँ अयोध्याको विवादित ढाँचा भएको स्थानमा थियो, जुन ठाउँबाट सन् १९९२ मा मस्जिदको पर्खालबाट उक्त शिलालेख खसेको थियो ।
धेरै मन्दिरका शिलालेखहरुमा तत्कालीन शासकहरुले आफूलाई भगवान रामका सन्तानका पमा उल्लेख गरेका छन् । यो जाँचपरख गर्न सम्भव नभएकोले त्यो सत्य नहुन पनि सक्छ । तर उनीहरुले त्यसरी आफूलाई रामको वंशजको रुपमा चित्रित गर्नुले के देखाउँछ भने त्यस समयमा रामको कथाले सर्वसाधारणमा मात्रै होइन, शासकहरुमाझमा पनि स्थान पाएको थियो ।
तपाईंले उल्लेख गर्नुभएको शिलालेखका बारेमा हामी पछि आउनेछौं । त्योभन्दा पहिले तपाईंले आफ्ना किताबमा हिन्दूहरुको लागि अयोध्याको महत्वको प्रमाणको रुपमा उल्लेख गर्नुभएको विदेशी यात्रीहरुका बारेमा केही जानकारी दिनुहोस् न ।
त्यहाँ थुप्रै प्रसंगहरु छन् जहाँ उनीहरुले अयोध्यामा हिन्दू स्थलहरु रहेको र त्यहाँ हिन्दूहरु आउने गरेको उल्लेख गरेका छन् तर उनीहरु मुस्लिम र नमाजका बारेमा उल्लेख गरेका छैनन् । पहिलो प्रसंग विलियम फिन्चले गरेको ईशापूर्ण १६०८ को वर्णन छ । उनले पूरै भारतवर्ष भ्रमण गरेका थिए । उनले आफू अयोध्या गएको र त्यहाँ हिन्दूहरु रहेको उल्लेख गरेका छन् । उनले रामकोटमा ब्राम्हणहरुको उपस्थितिबारे लेखेका छन् र भन्छन् नजिकका नदीमा डुबुल्की लगाउन आउने ती ब्राम्हणहरुले हिन्दूहरुको उपस्थित दर्ज गराउँछ । हाम्रा लागि महत्वपूर्ण कुरा के हो भने उनी मुस्लिम वा नमाजको बारेमा उल्लेख गर्दैनन् । चुरो कुरो यो हो । त्यस स्थानको इतिहासको बारेमा उनले जानकारी राख्नु असम्भव छ, उनी एक अवलोकनकर्ता मात्र हुन् । शताब्दीयौंपछि उनले गरेको वर्णन त्यसकालको इतिहासलाई पुननिर्माण गर्नको लागि अति महत्वपूर्ण हुनेछ भन्ने उनलाई हेक्का नै थिएन ।
पहिलो प्रसंग विलियम फिन्चले गरेको ईशापूर्ण १६०८ को वर्णन छ । उनले पूरै भारतवर्ष भ्रमण गरेका थिए । उनले आफू अयोध्या गएको र त्यहाँ हिन्दूहरु रहेको उल्लेख गरेका छन् । उनले रामकोटमा ब्राम्हणहरुको उपस्थितिबारे लेखेका छन् र भन्छन् नजिकका नदीमा डुबुल्की लगाउन आउने ती ब्राम्हणहरुले हिन्दूहरुको उपस्थित दर्ज गराउँछ । हाम्रा लागि महत्वपूर्ण कुरा के हो भने उनी मुस्लिम वा नमाजको बारेमा उल्लेख गर्दैनन् ।
दोस्रो वर्णन अस्ट्रेलियन जेसुइट जोसेफ टाइफेनथालेरले गरेका छन् । भारतमा ४० वर्ष बसेका र अवध क्षेत्रमा सात–आठ वर्ष यात्रा गरेका उनी एउटा महत्वपूर्ण स्रोत हुन् । उनको मृत्यु भारतमै भएको थियो । उनले थुप्रै लेखेका छन् र तीमध्ये केही त विदेशका विज्ञान निकायहरुमा पनि प्रस्तुत गरिएका थिए । उन उनलाई हेक्का नै थिएन । उनले भनेका छन् कि हिनदूहरुले नवजात शिशुको कोक्रोको रुपमा वेदी निर्माण गरेका छन् । उनले रामनवमीका दिन त्यसक्षेत्रमा हिन्दूहरुको ठूलो उपस्थितलाई पनि प्रत्यक्ष देखेका छन् । उनले त्यहाँ मुस्लिमहरु पनि रहेको र उनीहरु नमाज पढ्नको लागि आएको उल्लेख गर्दैनन् । बर उनी त हिन्दूहरु आएर परिक्रमा गरिरहेको लेख्छन् । अतः यी दुई वर्णनहरु, जसलाई हामी तटस्थ पर्यवेक्षण भन्न सक्छौं, ले प्रश्न उठ्छः के बाबरले खालि प्रहार गरे र काम थाले ? यो कुन अर्थमा भने उनले त्यहाँ भएको मन्दिर ध्वंश गरेर त्यस क्षेत्रलाई कब्जा गरे ।
तर त्यस क्षेत्रमा मन्दिर नै थियो भनेर चाहिँ हामी कसरी निष्कर्षमा पुग्न सक्छौं ?
जहाँसम्म मन्दिर ध्वंशको प्रमाणको कुरा छ, आर्कियोलोजिकल सर्भे अफ इण्डिया (एएसआई)ले अलाहावाद उच्च अदालतको आदेशमा गरेको उत्खननहरुले दिइसकेको छ । एएसआईले अदालतले निर्धारित गरिदिएको अत्यन्तै कडा शर्तहरुको अधिनमा रहेर त्यो उत्खनन गरेको थियो । त्यसअनुसार, उत्खनन प्रत्येक दिन दुवै पक्षका प्रतिनिधिहरुको उपस्थितिमा हुनेछ र प्रत्येक दिन प्राप्त भएका कुराहरुको लगत एउटा रजिस्टरमा उल्लेख गरिनेछ, जसमा दुवै पक्षले सही गर्नेछन् भन्ने थियो । उक्त उत्खननले ईशापूर्व दोस्रो शताब्दीदेखि नै उक्त क्षेत्र लगातार अधीनस्थ रहेको देखायो । उक्त क्षेत्र कहिल्यै पनि वसोबासको लागि प्रयोग भएको थिएन । त्यहाँ कुनै पनि घरहरु बनाइएका थिएन । यो सदैव एउटा पवित्र स्थानको रुपमा थियो र बाह्रौं शताब्दीका मन्दिरसहित थुप्रै सिलसिलेवार पवित्र संरचनाहरु त्यहाँ फेला परेका थिए ।
त्यसो हो भने अयोध्यामा मुस्लिमहरुका उपस्थितिबारे चाहिँ कहिलेदेखि सुनिन थालियो ?
सन् १८२२ मा फैजाबादका न्यायिक अधिकारी हाफिजुल्लाले बाबरले बनाएको उक्त मस्जिद रामको जन्मस्थानमा रहेको बयान दिएका थिए । मुस्लिम पक्षबाट त्यसबारेमा सही आवाज हामीले सन् १८५८ मा मात्रै पाउँछौं । १५१८ देखि १८५८ सम्म, त्यसबारेमा हामी कुनै पनि मुस्लिम भनाइ पाउँदैनौं । सन् १८५६ मा व्रिटिशहरुले अवधलाई अधीनमा पारे । तर सन् १८५७ मा त्यहाँ ठूलो विद्रोह भयो । फलतः उनीहरुले अवधलाई १८५८ देखि मात्रै हेर्न थाले । त्यहाँ उनीहरुले आफ्नै न्यायिक र कानून व्यवस्था लागू गरे । यो चमत्कार नै हो कि ती सबै रिपोर्टहरु, उजुरीहरु र प्रतिउजुरीहरु फैजावाद जिल्ला अदालतमा संग्रहित थिए, ती आजपर्यन्त सुरक्षित राखिएका छन् जबकि तिनलाई संग्रहित गर्न कुनै विशेष प्रयत्न पनि गरिएको थिएन । ती कागजपत्रहरु मुसा, धमिरा, पानीले नष्ट पनि हुन सक्थ्यो । ती सबै कागजातहरु १८५८ देखि १९४७ सम्मका छन् ।
यो चमत्कार नै हो कि ती सबै रिपोर्टहरु, उजुरीहरु र प्रतिउजुरीहरु फैजावाद जिल्ला अदालतमा संग्रहित थिए, ती आजपर्यन्त सुरक्षित राखिएका छन् जबकि तिनलाई संग्रहित गर्न कुनै विशेष प्रयत्न पनि गरिएको थिएन । ती कागजपत्रहरु मुसा, धमिरा, पानीले नष्ट पनि हुन सक्थ्यो । ती सबै कागजातहरु १८५८ देखि १९४७ सम्मका छन् ।
त्यसैका बारेमा मात्रै पनि हामी किताब लेख्न सक्छौं । अलाहाबाद उच्च आदतले बाबरी मुद्दामा सुनवाइ गर्न थालेपछि मात्रै ती कागजातहरुका बारेमा जानकारी प्रकाशमा आएको हो । ती सबै कागजहरु र केही डायरी कब्जा गरी निश्चित सरकारी निगरानीमा राखिएका छन् । यो त्यो समयकाल हो जुनबेला हामी मुस्लिम भनाइको भ्रम फेला पार्न सक्छौं ।
त्यस स्थलका बारेमा विवादको शुरुवात चाहिँ कहिलेदेखि भयो त ?
सन् १८५८ मा । त्यो अवधका थानेदार शितल दुवेले दर्ता गरेको उजुरी थियो । उनले लेखेका छन् कि पञ्जाबबाट आएका २५ निहांग शिखहरु मस्जिदमा पसे । मस्जिदको अर्थ त्यहाँको मुख्य संरचनामा पसे, कम्पाउण्डमा हैन । उनले के पनि लेखेका छन् भने उनीहरुले त्यहाँ हवन र पुजा शुरु गरे । दुई दिनपछि, बाबरी मस्जिदका प्रार्थनाका लागि आव्हान गर्ने मोहम्मद असगर नाम गरेका व्यक्तिले अधिकारीहरुका सामु आएर भने, ‘कृपया मलाई सहयोग गर्नुहोस् किनभने ती शिखहरु मस्दिजमा घुसेर भगवानको चिन्ह बनाएका छन् र मस्जिदका सबै भित्ताहरुमा कोइलाले ‘राम राम’ लेखेका छन् ।’
मैले अहिलेसम्म ध्यान नदिइएको तर ध्यानदिन योग्य एउटा डकुमेन्टको बारेमा पनि बताउनै पर्छ । सन् १६०० मा अकबर सम्राट थिए । उनले त्यस क्षेत्रसँगैको ६ विगाहा जमीन हनुमानगरीलाई दिएका थिए । त्यो जमीन एउटा निश्चित अवधिको लागि दिएको थियो । त्यो जमीनको कागज सन् १७२३ मा नवीकरण गरिनुपथ्र्यो । अतः त्यसबेलाका सम्राटसामु हनुमानगरीका पुजारीले निवेदन दिए । सम्राटले पनि त्यो दान दिएको जमीन नवीकरण गरिदिए । अहिले हामीलाई पनि उपलब्ध रहेको त्यो नवीकरणको कागजमा रोचक कुरा के छ भने, त्यसमा लेखिएको छ, ‘म लेख्दैछु, म लिखित गर्दैछु... म वर्तमान सम्राटद्वारा गरिएको नवीकरणबारे लेख्दैछु र रेकर्ड गर्दैछु र म रामको जन्मभूमिबाट लेख्दैछु ।’
तर बाबरी मस्जिद पक्षधरहरुले पनि त आफ्ना पक्षबाट केही प्रमाणहरु त पेश गरे होलान् नि ?
केही प्रमाणहरुले कथा भन्छ र त्ये कथाले एउटै दिशातिरमात्रै देखाइरहेको छ । मैले एउटा अत्यन्तै रोचक कुरा के भेट्याएँ भने आधुनिक समयदेखि, जब यो विवादले सन् १९८९ मा हाम्रो जीवनमा प्रवेश पायो, आज पर्यन्त –हामीले शिलालेख, इतिहास, स्मृति र अन्य कुनै पनि रुपमा बाबरी मस्जिदलाई समर्थन गरिरहेका समूहको मुद्दालाई बल प्रदान गर्ने कुनै ठोस प्रमाणहरु फेला पारेका छैनौं । त्यहाँ मन्दिर पक्षधरले पेश गरेका प्रमाणहरुलाई विरोध गर्ने काम बाहेक विपक्षीहरुले कुनै पनि प्रमाण पेश गरेका छैनन् । त्यो अचम्म लाग्दो छ किनभने मस्जिद पक्षधरहरुतर्फ धेरै प्रख्यात इतिहासकारहरु छन् ।
तर उनीहरुले त त्यो ढाँचामुनि इदगाहा थियो भनेर दावी गरेका छैनन् र ?
तिनीहरु सबैले त्यो एउटा खाली जमीनमा बनेको थियो भनेर भन्छन् । वास्तवमा, वाबरी मस्जिद पक्षधर मुस्लिम नेता सयद सहाबुद्दिनले आफ्ना अन्तर्वार्ताहरुको श्रृङ्खलामा ‘अरु धर्मको पवित्र स्थानमा मस्दिज बनाउनु इस्लाममा प्रतिबन्धित छ र त्यो प्रमाणित भयो भने, हामी स्वेच्छिक रुपमा नै त्यस स्थानबाट हात झिक्नेछौं’ भनेका छन् । यो तिनीहरुको लगातारको दावी हो । कहिलेकाहीँ, जब उनीहरुले जमीनलाई सम्याइरहेका हुन्थे, मन्दिरका टुक्राहरु सतहमा देखापर्थे । अझ बाबरी मस्जिद ध्वंश हुनुभन्दा पहिले, उनीहरुले कहिले पनि त्यो मस्जिद मन्दिरको जमीनमाथि बनेको हुन सक्छ भन्ने सम्भावनालाई वास्ता गरेनन् । जब एएसआईले बाबरीको मुनि कुनै संरचना हुनुपर्छ भनेर उत्खनन शुरु गरे, उनीहरुले इदगाहाको सिद्धान्त सिर्जना गरे । जब त्यहाँ संरचना रहेको सम्भावना निश्चित हुँदै गयो, उनीहरुले त्यो मन्दिर नभएर इदगाहा भएको भन्न थाले । अलाहावाद उच्च अदालतले उनीहरलार्य सोध्यो, ‘अहिलेसम्म तपाईंहरुले त्यो खाली जमीनमा बनेको भन्नुभयो । अब तपाईंहरु त्यो इदगाहा भन्दै हुनुहुन्छ ।’ अर्को पक्षबाट प्रमाणहरु सतहमा आउँदै जाँदा उनीहरुले पनि आफ्ना अडान फेर्दै आएका छन् ।
बाबरी मस्जिद ध्वंश हुनुभन्दा पहिले, उनीहरुले कहिले पनि त्यो मस्जिद मन्दिरको जमीनमाथि बनेको हुन सक्छ भन्ने सम्भावनालाई वास्ता गरेनन् । जब एएसआईले बाबरीको मुनि कुनै संरचना हुनुपर्छ भनेर उत्खनन शुरु गरे, उनीहरुले इदगाहाको सिद्धान्त सिर्जना गरे । जब त्यहाँ संरचना रहेको सम्भावना निश्चित हुँदै गयो, उनीहरुले त्यो मन्दिर नभएर इदगाहा भएको भन्न थाले ।
अब उत्खननका बारेमा कुरा गरौं । त्यो बीबी लालको मातहतमा सन् १९७० र २००३ मा गरी दुई पटक भयो । पहिलो उत्खननमा के भेटिएको थियो र सन् २००३ मा के फरक भयो ?
पहिलो उत्खननमा बीबी लाल ले मस्जिदभित्र नभई बाहिरी सीमा पर्खालमा मात्रै उत्खनन गरेका थिए । उनीले खम्बाको सतह फेला पारे । त्यो सीमापर्खालमा रोकिए र फेरि देखापरे । अतः लाल के कुरामा विश्वस्त भए पनि त्यो सतह मस्दिजको मुनिसम्मै गएको छ । त्यस आधारमा उनले बाबरी मस्जिदको मुनि मन्दिर हुनुपर्छ भन्ने कुरामा आफू विश्वस्त रहेको बताए । उनले बाबरी मस्दिज नभत्काइकनै पनि उत्खनन गर्न सम्भव छ पनि भने ।
अलाहाबाद उच्च अदालतको आदेशपछि विस्तृत उत्खनन चाहिँ २००३ मा भयो । यो उत्खननमा थुप्रै चीजहरु, जस्तै मानिस र जनावरको चित्र कुँदिएका इटाको गोलाकार मन्दिर फेला पर्यो । यद्यपि नष्ट भयो, यसको उत्तरी पर्खालमा पानीको ढलानको व्यवस्था थियो र के फेला पर्यो भने बाबरी मस्जिद आफैंको कुनै फाउण्डेसन छैन । यो मन्दिरको पर्खालमा बनेको छ । एएसआईको रिपोर्टअनुसार, त्यहाँ मस्जिदलाई मन्दिरको पर्खालबाट छुट्याउने हावाको पत्र समेत थिएन ।
तपाईंले सन् १९९२ मा बाबरी मस्जिद ध्वंश गरिँदै गर्दा मस्जिदको पर्खालबाट एउटा शिलालेख खसेको उल्लेख गर्नुभयो । त्यस सन्दर्भमा विवाद चाहिँ के थियो ?
पाँच फिट बाई दुई फिटको त्यो शिलालेख १९९२ मा मस्जिदको पर्खालबाट खस्दा दुई टुक्रा भयो । तर त्यो पर्खालमा स्थापित भएको कारण सुरक्षित अवस्थामा थियो । त्यो सजिलै पढ्न सकिन्छ । त्यहाँ पूरै सञ्चार माध्यम र कार सेवकहरु थिए । त्यसलाई लुकाएर लगेर त्यहाँ राख्न सकिने अवस्था थिएन । बाबरी मस्जिद समर्थक प्रसिद्ध वाम इतिहासकार इरफान हविवले पक्कै पनि त्यो शिलालेखको महत्वलाई बुझेको हुनुपर्छ । अतः उनले स्वभाविक रुपमा त्यसलाई अमान्य तुल्याउनुपर्छ भन्ने ठाने र उनले भने यो त्यहाँ पछि राखिएको थियो । तर कहाँबाट राखियो ? ठीक छ कारसेवकहरुले त्यहाँ राखे । तर त्यो कहाँबाट आयो ? उनले भने, निजी संग्रहबाट । तर पहिले कसैले नदेखेको त्यो कसरी आयो ? त्यसपछि हविवले पछाडि फर्कदै त्यो शिलालेख लखनउ संग्राहलयबाट चोरिएको थियो भने । त्यो विष्णु हरि शिलालेख थियो र अदालतको आदेशमा एएसआईका प्रमुख शिलालेख विशेषज्ञले पढेका थिए । त्यसो शिलालेखमा भनिएको थियो, त्यसकालका राजाका जागिरदारले १० टाउको रावण मार्नेको सम्मानमा यो मन्दिर बनाएका हुन् ।
त्रेताका ठाकुर मन्दिरमा फेलापरेको िशलालेख
औरंगजेवले नष्ट गरेको अर्को त्रेताका ठाकुर मन्दिर पनि अयोध्यामा छ । त्यहाँबाट पनि व्रिटिश पुरातत्वविद् ए फुहररले एउटा शिलालेख फेला पारेका थिए । उनले त्यो शिलालेखलाई फैजावादमा पठाएका थिए र त्यहाँबाट त्यो लखनउ संग्राहलयमा पठाएका थिए । भीपी सिंहको सरकारको पालामा अयोध्या सेलका ओएसडी कुनाल किशोरले लखनउ संग्राहलय गएर त्यस शिलालेखका तस्बिर लिएका थिए । त्यो अत्यन्तै नराम्ररी क्षतिग्रस्त भएको छ र केही अक्षरहरु मात्रै देखिन्छ । वास्तवमा त्यो संग्राहलयमा आफ्नै स्थानमा यथावत थियो र चोरिएको थिएन ।
यस विषयमा हविव अगाडि आएर आफ्नो राय दिनु पर्छ भन्ने ठान्नु स्वभाविक हुन्छ । उनले यसबारेमा एक शब्द पनि बोलेका छैनन् । दिनको अन्त्यमा, जब सबै कुरा बन्द हुँदैछ, हामीले उनीहरुमध्ये कोहीबाट पनि एउटा शब्द पनि सुनेका छैनौं । यो किनभने उनीहरुले दिएका प्रत्येक तर्कहरु गलत साबित भएका छन् । तर उत्तरदायित्वबोध खै !
यो पूरै प्रकरणमा वाम इतिहासकारहरुले कस्तो भूमिका खेले ?
अत्यन्तै नकारात्मक । उनीहरुको भूमिकाले दुर्ई समुदायबीचको सम्बन्धलाई विषाक्त मात्रै बनायो । वाम इतिहासकारहरुले मुस्लिम समुदायलाई भ्रमित पार्ने र गलत दिशातिर डोर्याउने काम नगरेको भए यो सवालमा दुई समुदायबीचको सम्बन्ध यति खराब भएर जाने थिएन । र मिल्ने भए म थप्छुः वीवी लालले उत्खनन गरेको बेलामा उपस्थिति पुरातत्वविद केके मेननले आफ्नो पुस्तक म, एक भारतीय [Njan Enna Bharatiyan (I, an Indian)] मा भनेका छन् कि जब १९८९ पछि यो विवाद बढ्दै आयो, उक्त स्थान उनीहरुको लागि त्यति धेरै महत्वको नरहेको भन्नेबारेमा गम्भीर बहस चलेको थियो । र साथै उनीहरुले त्यस स्थानमा दशकौंदेखि नमाज पढेका थिएनन् र यो हिन्दूहरुको लागि अति महत्वको थियो ।
वाम इतिहासकारहरुको भूमिकाले दुर्ई समुदायबीचको सम्बन्धलाई विषाक्त मात्रै बनायो । उनीहरुले मुस्लिम समुदायलाई भ्रमित पार्ने र गलत दिशातिर डोर्याउने काम नगरेको भए यो सवालमा दुई समुदायबीचको सम्बन्ध यति खराब भएर जाने थिएन ।
हो, ठीक यही बेलामा वामहरुले यो मुद्दामा प्रवेश गरे ।
यो भन्दा अत्यन्तै रुखो हुन्छ तर वामहरुको त्यही भूमिका नै दुई समुदायका बीच समझदारी बन्न नदिनको लागि मुख्य कारण बन्यो । यो किन पनि भयो भने वामहरुमा हिन्दू धर्मका बारेमा अत्यन्तै नकारात्मक दृष्टिकोण छ र उनीहरु हामीले अत्यन्तै खुकुलोपनका साथ भन्ने गरेको हिन्दू सभ्यताकाकबारेमा पनि उनीहरु अत्यन्तै नकारात्मक छन् । तर वामहरुको स्थापित नामले धरि एउटा पनि प्रमाण देखाउन सकेको छैन ।
इतिहासकार मिनाक्षी जैनसँग राहुल पण्डितले लिएकाे तथा https://openthemagazine.com मा प्रकाशित अन्तरवार्ताको नेपाली रुपान्तरण
Title photo: https://www.indiatoday.in amd https://openthemagazine.com
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषकको आर्थिक अवस्था सुधार्ने नीति बनाएर काम गर्नमा उपप्रधानमन्त्री सिंहको जोड
-
प्रियंका र सरोजको मन छुने प्रेमकथामा ‘मनको तिर्सना’
-
राष्ट्रिय परिचयपत्र विवाद : सरकारको भ्याकेटले सर्वाेच्चमा सुनुवाइको पालो नै नपाएपछि...
-
निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन
-
दैलेख बस दुर्घटना अपडेट : ८ जना घाइते
-
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा थप गरिएका सदस्यलाई कार्यादेश प्रदान