शरदको अर्धशतकमा नेपालको पहिलो जित

काठमाडौं । बंगलादेशमा जारी एसीसी इमर्जिङ एसिया कप क्रिकेटमा हङकङलाई पराजित गर्दै नेपालले पहिलो जित हात पारेको छ । बंगलादेशको राजधानी ढाकामा शनिबार भएको खेलमा नेपालले हङकङलाई ४० रनले हराउँदै पहिलो जित हात पारेको हो ।
नेपालले दिएको २ सय १८ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको हङकङ ४५ ओभर ५ बलमा अलआउट हुँदै १ सय ७७ रनमा समेटियो । हङकङका किन्चिट शाहले ५३, एहसान नवाजले अविजित ४४ रन जोड्दा हरोन महमद अर्सादले २६ रन बनाएका थिए ।
नेपालका लागि करण केसी र अविनास बोहराले ३–३ विकेट लिए भने सुशन भारीले २ विकेट लिएका थिए ।यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा २ सय १७ रन जोडेको थियो । नेपालको सुरुवात भने खराब रह्यो । कप्तान ज्ञानेन्द्र मल्ल ३ कुशल भुर्तेललाई १ रनमा आउट भएका थिए ।
तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका शरद भेषवाकरले ८९ रनको योदन दिए । शरद र दिपेन्द्र सिंह ऐरीबीच ८३ रनको साझेदारी रह्यो । जसमा दिपेन्द्रले ३७ रनमा बनाएका थिए । आरिफ शेख ४८ रन बनाए भने विनोद भण्डारीले १५ रन जोडेका थिए ।
अन्य नेपाली ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । हङकङका लागि मोहमद अजिज खानले ३ विकेट लिए भने नस्रुलाह राना र एहसान नवाजले २र२ विकेट लिए । जितसँगै नेपालले सेमिफाइनल पुग्ने सम्भावना कायम राखेको छ । अब नेपालले अन्तिम खेलमा सोमबार बंगलादेशसँग खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपाको ७६ औँ वर्षगाँठ : विशेष कार्यक्रम गर्दै एमाले
-
लामो समय विद्यालय बन्द हुँदा विद्यार्थी कुलतमा
-
कक्षा १२ को परीक्षाबारे निर्णय गर्न आज बोर्ड बैठक बस्ने
-
वडा सदस्य महतोको लोभलाग्दो मेवाखेती
-
समस्याग्रस्त सहकारीको व्यवस्थापन गर्न बनेको समिति नै समस्यामा
-
अमेरिकामा पनि भव्यताका साथ मनाइयो बिस्का जात्रा (तस्बिरहरू)