पोखरी खन्दा भेटिए चोरी भएका मूर्ती कामदारका साथबाट बरामद
बाराको ऐतिहासिकस्थल सिम्रौनगढ नगरपालिका क्षेत्र बाट चोरी भएको प्राचीन मूर्तीहरु प्रहरीले बरामद गरेको छ ।
पोखरी उत्खननको क्रममा बरामद भई लगत्तै चोरी भएको प्राचीन मूर्तीहरु पोखरी खन्ने कामदारहरुबाटै प्रहरीले बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रमुख प्रहरी निरिक्षक अपुर्व ढुंंगानाका अनुसार सिमा्रैनगढ–३ स्थित पोखरी खन्ने क्रममा गत ९ गते केही प्राचीनकालका मूर्तीहरु फेला परेको थियो ।
फेलापरेका उक्त मूर्तीहरु पोखरीछेउकै एउटा घरमा तत्कालका लागी राखिएकोमा केही समय नबित्दै मूर्तीहरु चोरी भएको थियो ।
पोखरी खन्ने मानिसहरुले नै मूर्ती चोर्न सक्ने आशंकामा ना १ ब ५२०२ नम्बरको जेसीभीका चालक सर्लाही बरहथवा नगरपालिका– १२ का २५ बर्षिय नबिन राम चमारलाई नियन्त्रणमा लिएर सोधबुझ गर्दा रामको घरमा लुकाईराखेको अवस्थामा जिजो मूर्तीहरु फेला परेको प्रहरी निरिक्षक ढुंगानाले जानकारी दिए ।
बरामद भएको प्राचिनकालका मूर्तीमा एउटा बिष्णु भगवानको र अर्को केही भाग टुटेको मूर्तीहरु रहेको स्थानीय पत्रकार सिकेन्द्र साहले बताएका छन ।
जेसिभी चालकचमारलाई बरामद मूर्तीसहित आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कलैया पठाईएको इलाका प्रहरी कार्यालय सिम्रौनगढले जनाएको छ ।
बारा प्रहरी प्रवक्ता डिएसपी रंजित शिंह राठौरले घटनाको पुष्टी गर्दै उत्खननमा बरामद भएको मूर्ती पुरातत्त्व विभागमा जाँचका लागि पठाईने र चालक चमारमाथि आवश्यक अनुसन्धानपछि मुद्दा चलाइने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा