एउटा फिल्मका लागि कार्तिक आर्यनको पारिश्रमिक ७ करोड
शनिबार, ३० कात्तिक २०७६, १३ : १०
![एउटा फिल्मका लागि कार्तिक आर्यनको पारिश्रमिक ७ करोड](https://rpcdn.ratopati.com/media/albums/kartik-aaryan_1549187801_rgX9LmVB9k.jpeg)
बलिउडमा ‘प्यार का पंचनामा’ फिल्मबाट करियर सुरु गरेका कार्तिक आर्यनले पारिश्रमिक बढाएका छन् । उनले एउटा फिल्म खेलेबापत ७ करोड भारतीय रुपियाँ लिने उल्लेख गरेका छन् ।
एक भारतीय सुत्रका अनुसार उनी दुईवटा फिल्म ‘भूल भुलैया’ र ‘लव आजकल २’ मा काम गरिरहेका छन् । यसका साथै उनको फिल्म ‘पति, पत्नी और वो’ डिसेम्बरमा रिलीज हुँदैछ ।
‘सोनू के टीटू की स्वीटी’ को सफलतापछि कार्तिक आर्यनको फिल्मी क्षेत्रमा रफ्तार बढिरहेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । उनले अब नयाँ फिल्मको लागि ७ करोड पारिश्रमिक लिने बिचारमा रहेको बताइएको छ ।
रिपोर्टका अनुसार बितेका डेढ वर्षमा उनले निकै सफल फिल्महरुमा काम गरिसकेका छन् । प्रायः फिल्मका सफल रहेका कार्तिकको ७ करोड पारिश्रमिकको माग सही भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् जोखिम न्यूनीकरणद्वारा आगलागीबाट जोगिन आग्रह
-
सन नेपाल लाइफ इन्स्योरेन्सले पायो अन्तर्राष्ट्रिय अवार्ड
-
दार्चुलामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको उद्घाटन
-
पाण्डेद्वारा दक्षिण अमेरिकी महादेशको उच्च शिखरको सफल आरोहण
-
ओली नेतृत्वको सरकार बिचौलियाको सेवामा लागेको छ : प्रभु साह
-
श्रमजीवी पत्रकार संघद्वारा आन्दोलन घोषणा