शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

युवा संघको शपथ ग्रहणमा जे देखियो (फोटोफिचर)

शनिबार, ३० कात्तिक २०७६, १३ : २३
शनिबार, ३० कात्तिक २०७६

काठमाडौं । सत्तारुढ दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा संघ, नेपालका पदाधिकारीसहित केन्द्रीय सदस्यले आज शपथ लिएका छन् ।

शनिबार काठमाडौं भएको युवा संघ केन्द्रीय कमिटीको पूर्ण बैठकमा शपथ ग्रहण र प्रमाणपत्र हस्तारण गरिएको हो । 

युवा संघका पदाधिकारी र सदस्यहरुलाई नेकपाका प्रस्तावित उपाध्यक्ष एवम् केन्द्रीय संगठन विभाग प्रमुख बामदेव गौतम र युवा संघका इन्चार्ज महेश बस्नेतले शपथ गराएका थिए ।

गत असोज २८ गते युवा संघको एकताले  पूर्णता पाएको थियो । संघको ३ सय ३५ सदस्य कमिटी बनेको थियो । 

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएसँगै युवा संघ र वाईसीएलबीच एकता भएर राष्ट्रिय युवा संघ, नेपाल बनेको हो । 
 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप