सामाजिक सञ्जाल चलाउने धनराज ‘स्टाइल’
काठमाडौँ । अहिले मानव जीवनको अभिन्न हिस्सा बनेको र संसारलाई मानव हत्केलाका समेटिदिने सामाजिक सञ्जालको इतिहास त्यति पुरानो छैन ।
सन् १९९७ म ‘सिक्स डिग्री डट कम’बाट यसको सुरु भएको हो । व्यक्तिको प्रोफाइल राख्न दिने सिक्स डिग्रीले त्यसबेला आफ्ना प्रयोगकर्ताहरुबीच मित्रता बनाउने अवसर प्रदान गथ्र्यो ।
दुई दशकको छोटो यात्रामा सामाजिक सञ्जालले ठूलो फड्को मारेको छ । कतिसम्म भने सेप्टेम्बर २६, २००६ मा सार्वजनिक रुपमा उदाएकोे फेसबुकले अहिले जनमत स्थापित गर्ने र ठूला ठूला राजनीतिक घटनाहरुलाई प्रभावित गर्ने हदसम्मको शक्तिशाली माध्यमको रुपमा स्थापित भइसकेको छ ।
कतिसम्म भने, व्यापार व्यवसाय विस्तारका लागि पनि अनिवार्यजस्तै माध्यम बनेको फेसबुक विश्वमानव जीवनशैलीबाट अलग्याउनै नसकिने हदसम्ममा आफूलाई स्थापित गरिसकेको छ । फेसबुकबाहेक, सामाजिक सञ्जालमा ट्वीटर, लिंकडेन, इन्स्टाग्राम, ह्वाट एप्सलगायतका थुप्रै अन्य माध्यमहरु पनि उदाएका, स्थापित भएका र स्थापित हुने क्रममा तीब्र गतिमा अघि बढिरहेको छ ।
नेपालजस्तो थोरै जनसंख्या भएको र कम विकसित देशमै सामाजिक सञ्जालका प्रयोगकर्ताको संख्या एक करोड बढी छ । यो क्रम निरन्तर बढ्दो छ । यहाँ फेसबुक, ट्वीटर, युट्युब र इन्स्टाग्राम जस्ता सञ्जाल बढी लोकप्रिय छन् ।
सामाजिक वेब पनि भनिने वेब २.० को विकासले इन्टरनेटका प्रयोगकर्तालाई आफ्ना विषयवस्तु सिर्जना गर्ने र त्यस विषयमा अन्य व्यक्तिसँग अन्तरक्रिया गर्ने सुविधा प्रदान गरेसँगै सामाजिक सञ्जालको लोकप्रियता बढ्यो ।
दैनिक ज्यालदारी गरी जीवन निर्वाह गर्नेदेखि उद्योगपति व्यापारी, कर्मचारी, राजनीतिज्ञ, कानुन व्यवसायी र सञ्चारकर्मी जस्ता हरेका वर्गलाई यसले कुनै न कुनै रुपमा छोएको छ । विशेषत राजनीतिज्ञ र राजनीतिक दलका लागि विचार प्रवाह गर्न र चुनावी प्रचार प्रसारमा यसले ठूलो सहयोग पुर्याएको छ ।
नयाँ पुस्ता र देशबाहिर रहेको ठूलो जमातलाई सहज र सरल रुपमा आकर्षित गर्न सामाजिक सञ्जाल प्रभावकारी बन्दै गएको पाइन्छ । सोही अनुसार नेपाली राजनीतिज्ञहरु समाजिक सञ्जालमा गतिविधि बढाउँदै गएका छन् ।
ती मध्येका एक हुन नेपाली काँग्रेसका युवा नेता धनराज गुरुङ । उनी सामाजिक सञ्जालमार्फत मुलुकको राजनीतिक, सामाजिक र साँस्कृतिकलगायतका विषयमा दरिलो ढङ्गले टिकाटिप्णी गर्ने सक्रिय नेता हुन् । गुरुङ सामाजिक सञ्जाललाई विचार मन्थन गर्ने थलोका रुपमा लिन्छन् । आफूले यसलाई सूचना प्राप्तिको माध्यमका रुपमा बुझ्ने गरेको उनी बताउँछन् ।
सामाजिक सञ्जालमा गुरुङको दैनिकी
विहानी नृत्य कर्म (पुजापाठ)सँगै गुरुङको दैनिकी सुरु हुन्छ । अनि उनको ध्यान सामाजिक सञ्जालतिर मोडिन्छ ।
‘अहिले पत्रपत्रिकाभन्दा पहिले समाजिक सञ्जालमा समाचार प्रवाह भइसको हुन्छ । त्यसैले पनि होला, नृत्य कर्मपछि म सामाजिक सञ्जालतिर प्रवेश हुन्छु,’ उनले आफ्नो दैनिकीको पहिलो कर्म सुनाए ।
त्यसमा पनि उनी पहिलो रोजाइ समाचार हुन्छ । अनि सरसर्ती विभिन्न समाचार साइटमा मुलुकको राजनीतिक गतिविधिका समाचारमा आफ्नो ध्यान केन्द्रित गराउँछन् । र, समाचार पढेर नयाँ विचार दिने गरेको उनी सुनाउँछन् । त्यसपछि उनी फेसबुक र ट्वीटरमा हुने बहसको विषयलाई नियाल्ने गर्दछन् ।
उनले भने, ‘कहिलेकाहिँ फेसबुक र ट्वीटरमा हुने बहसको विषयमा कमेन्ट गर्छु । अन्य साथीहरुका प्रतिक्रिया पनि पढ्छु ।’
विहानीपखका लागि उनी समाजिक सञ्जालबाट गुरुङले विश्राम लिन्छन् । कामको व्यस्तताले उनी दिउँसाको समयमा समाजिक सञ्जालमा त्यति सक्रिय हुन पाउँदैनन् । तर फुर्सद निकाल्न सकिएको खण्डमा सामाजिक सञ्जालमा जोडिने गरेको उनी बताउँछन् ।
सार्वजनिक कार्यक्रममा सहभागी हुँदा पनि सामाजिक सञ्जालमा अलमलिने बानी उनका लागि रुचिकर हुँदैन ।
‘केही साथीहरु सार्वजनिक कार्यक्रममा पनि सामाजिक सञ्जालमा झुन्डिएको देख्छु । मेरो त्यस्तो बानी छैन । कहाँ के काम गर्दा राम्रो हुन्छ । त्यो कुरालाई हामीले ख्याल गर्नुपर्छ,’ उनी अन्य सामाजिक प्रयोगकर्तालाई सुझाव दिन्छन् ।
सामाजिक सञ्जालमा अल्मलिदा सार्वजनिक कार्यक्रम वा विभिन्न बैठकहरुमा विषय र एजेण्डामा खरो ढङ्गले प्रस्तुत हुन गाह्रो पर्ने गुरुङको बुझाइ छ । सोही कुरालाई मध्येनजर गर्दै उनी बेलुका मात्र पूर्णरुपमा सामाजिक सञ्जालमा केन्द्रित हुन्छन् ।
उनले भने, ‘दिनभर के–के भयो भनेर बेलुका समाचार तथा सामाजिक सञ्जाल हेर्ने गर्छु । अहिले अधिकांश सूचना सामाजिक सञ्जालबाट नै प्राप्त हुन्छ । कहाँ के भयो भन्ने कुरा सामाजिक सञ्जालबाट नै थाहा हुन्छ । अनि सामाजिक सञ्जालमा बहसको सिर्जना हुन्छ । यो राम्रो हो ।’
प्रयोगकर्ताले सही ढङ्गले प्रयोग गर्दा सामाजिक सञ्जाललाई थप उपलब्धि मूलक बनाउन सकिने गुरुङको बुझाइ छ ।
तर सामाजिक सञ्जाल प्रयोगकर्ताले सही ढङ्गले प्रयोग नगर्दा यसले विकृत रुप लिने गरेको उनको उनी बताउँछन् । यस्तै फेक हेन्डलका बनाएर कसैको चरित्र हत्या गर्ने गरिएकोप्रति गुरुङ चिन्तित छन् ।
उनले भने, ‘कसैको नाममा ‘फेक हेन्डल’ चलाउने र हुने नहुने कुराहरु लेख्ने कार्य पनि भइहरेको छ ।’ सामाजिक सञ्जालमा प्रयोग गरिने भाषाप्रति गुरुङको विमत्ति छ ।
‘कसैको आलोचना गर्नुपर्यो भने पनि शालिन भाषा प्रयोग गर्न सकिन्छ । तर फेक हेन्डल चलाउनेहरुले अश्लील भाषाहरु प्रयोग गर्दा सामाजिक सञ्जाल देखेर पनि दिक्क लाग्छ । हामी कहाँ जाँदैछु । हामीले खोजेको समाज त यस्तो होइन,’ गुरुङले भने ।
सामाजिक सञ्जालसँग जोडिएका समृद्धि
सामाजिक सञ्जालको सही प्रयोगले भने समाजलाई सभ्य र सुसंस्कृति बनाउन सकिने उनी दाबी गर्छन । तर अपूर्ण ज्ञानसहित सामाजिक सञ्जालमा बहस हुने गरेकोप्रति उनलाई चित्त बुझेको छैन ।
उनले भने, ‘मैले कुनै विषयमा आफ्नो विचार राख्ने गर्दछु । तर त्यहाँ सतही टिप्पणी आउँछन् । अपूर्ण ज्ञानका आधारका हामीले बहस गर्नुहुँदैन । यसले अरुलाई अलमल बनाउँछ ।’
उनले केही समय पहिलेको एउटा घटना सम्झिए । ‘राजनीतिमा नैतिकता रहेन, छैन । विगतमा पनि थिएन, वर्तमानमा पनि थिएन । तर कमेन्ट गर्नेले विगतमा पनि थिएन भन्ने कुरा ख्याल गरेको पाइँदैन,’ उनले भने, ‘तिम्रो सरकार हुँदा किन बोलिनस् भन्ने टिप्पणी आउँछ । तर मैले यो पार्टी, त्यो पार्टी वा यो सरकार त्यो सरकार भन्दिन ।’ उनी यस्ता कमेन्टलाई मेन्सन गर्न आवश्यक ठान्दैनन् ।
तर सुझावका रुपमा आउने कमेन्टमा भने प्रायः मेन्सन गर्ने गरेको गुरुङले बताए ।
सबै विषयवस्तु अध्यायन गरेर मात्र कमेन्ट गर्न उनको आग्रह र सुझाव छ । आफूले कसैको विचारमाथि कमेन्ट गर्दा ३ पटक पढेर मात्र कमेन्ट गर्ने गरेको गुरुङले बताए ।
सामाजिक सञ्जालमा आफना प्राथमिकताका विषय सुनाउँदै उनले भने, ‘नेपाली समाजलाई सुसंस्कृत बनाउने, नेपाली राजनीतिलाई नैतिकवान बनाउने र वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्थालाई जनतासँग जोड्ने कुरा मेरो लागि प्रमुख प्राथमिकता विषय हुन् ।’
राज्य व्यवस्थालाई जनतासँग जोड्न समृद्धिलाई पुल बनाउनुपर्नेमा उनको जोड छ । तर सामाजिक सञ्जाल त्यतातिर त्यति केन्द्रीत हुन नसकेको उनको बुझाइ छ ।
उनले भने, ‘सामाजिक सञ्जालमा चिया खाँदै गरेको अवस्था भनेर फोटो पोष्ट गरिने गरिएको पनि पाइन्छ । मलाई यस्तो कुरा वाइयात लाग्छ । अर्का कुरा सामाजिक सञ्जालमा केही मान्छेहरु नेताहरुको हनुमान गरी गर्न मात्र व्यस्त हुन्छन् । यस्ता कुराले न कुनै विचार दिन्छ न समाजलाई कुनै दिशा निर्देशन गर्छ । यस्ता कुराहरुप्रति मेरो विमति रहन्छ ।’
त्यसैले पार्टीको प्रशिक्षण कार्यक्रममा नेता कार्यकर्तालाई सामाजिक सञ्जालको प्रयोगबारे प्रशिक्षण दिने गरेको बताए ।
कसरी गर्ने सही उपयोग ?
सामाजिक सञ्जालले अवको मानव सभ्यतालाई जति सहजता र सुविधा लिएर आएको छ त्यति नै चुनौती र जटिल समस्याहरु पनि थोपर्दै गएको गुरुङको बुझाइ छ ।
सामाजिक सञ्जालको उचित प्रयोग गर्न र दुरुपयोगबाट रोक्न जनचेतनामा वृद्धि गरिनुपर्नेमा उनले जोड दिए । उनका अनुसार समाजमा गन्यमान्य अगुवा र नेतृत्वकर्ताहरुले कम्तिमा पनि सामाजिक सञ्जालको सदुपयोग र यसको प्रयोगमा सिमिततालाई ध्यान दिएर त्यहि अनुसारको संस्कार बसाउन सके भावी पुस्ताले त्यसलाई अनुशरण गर्ने र हाम्रो सभ्यता, स्वभाव र संस्कृति जोगिने देखिन्छ ।
तर सामाजिक सञ्जालको सही सदुपयोगका लागि नियम कानुन र बिधिबाट भन्दा पनि स्वयः व्यक्ति सचेत हुनपर्ने उनको तर्क छ ।
उनले भने, ‘सबैले सचेत भएर बिकृति विसंगतिहरुलाई रोक्दै समय, ऊर्जा र सृजनशीलतालाई नष्ट नगरी प्रयोग गर्ने बानी बसाल्न सक्दा नै चौतर्फी भलो हुने र सामाजिक सञ्जालको बढी भन्दा बढी उपयोग गर्न सकिने देखिन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेनले गराए एमालेलाई १ लाख जरिवाना
-
सीडीओ र जिल्ला प्रहरी प्रमुखहरूलाई गृहमन्त्रीको निर्देशन, ‘निर्वाचन सुरक्षालाई सामान्य रूपमा नलिनु’
-
बीआरआईबारे कांग्रेसकै कित्तामा प्रधानमन्त्री ओली
-
किरिया खर्चको रकममा पनि घुस, नायव सुब्बा अख्तियारको नियन्त्रणमा
-
नगराइनकाे नगरसभा नहुँदा शिक्षक तथा कर्मचारीले तलबसमेत पाएनन्
-
नेपाल जलवायु अनुकूलन कोषको सदस्यमा पुनः मनोनीत