स्पेनको गोल बर्षा, माल्टालाई ७–० हरायो

यसअघिनै सन् २०२० को युरोकपमा स्थान बनाइसकेको स्पेनले माल्टामाथि गोलबर्षा गरेको छ । छनोट अन्तर्गत शुक्रबार राति भएको खेलमा स्पेनले माल्टालाई ७–० गोलले हरायो । समूह ‘एफ’ मा स्पेनले आफ्नो अपराजित यात्रालाई कायम राख्यो ।
घरेलु मैदानमा स्पेनलाई जिताउन अल्भेरो मोराटा, सान्टी कार्जाेला, पोउ टोरेस, पाब्लो साराविया, ड्यानियल ओल्मो, जेरार्ड मोरेनो र जेसस नाभासले गोल गरे । एकपक्षीय खेलमा स्पेनले २३औं मिनेटमा मोराटाको गोलबाट अग्रता लिएको थियो । ४१औं मिनेटमा कार्जाेलाले गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए । टोरेसले ६२औं, सारावियाले ६३औं र ओल्मोले ६९औं मिनेटमा गोल गरे । मोरेनोल ७१औं र नाभासले ८५औं मिनेटमा गोलगर्दै स्पेनलाई फराकिलो जित दिलाए ।
जितसँगै अपराजित स्पेनले नौ खेलबाट २३ अंक बनाएको छ । स्पेन समूहको शीर्ष स्थानमा छ । पराजित माल्टा तीन अंकसहित अन्तिममा छ । यही समूहको अर्को खेलमा रोमानियालाई उसैको मैदानमा २–० गोलले हराउँदै स्वीडेनले युरोकपमा स्थान बनाएको छ । स्वीडेनको जितमा मार्कुस वर्ग १८औं र रविन क्वाइसनले ३४औं मिनेटमा गोल गरे ।
जितसँगै दोस्रो स्थानमा रहेको स्वीडेनले नौ खेलबाट १८ अंक बनाएको छ । समान खेलबाट १४ अंक बनाएको रोमानिया तेस्रो स्थानमा छ । अर्काे खेलमा नर्वेले फारोय आइसल्यान्डलाई ४–० गोलले हरायो । जितसँगै नर्वेको १४ अंक बनाएको नर्वे चौथो र तीन अंक बनाएको आइसल्यान्ड पाँचौं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२५ करोड प्रकरण : ट्रक चालक र मालिक नारायण पौडेलविरुद्ध मुद्दा दायर
-
भाटभटेनीबाट फलफूल चोरेर भागेका ८ जना हाजिरी जमानीमा छुटे
-
तत्कालीन प्रदेश सचिव अधिकारीलाई सफाइ दिने विशेषको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन
-
‘एभियोट्रेस नेपाल स्कुल अफ टेक्नोलोजी’ विरुद्धको रिटमा लिखित जवाफ माग
-
सर्वोच्चले जिल्लासँग माग्यो पूर्वडीआईजी जोशीलाई थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन
-
पाँचपटकका च्याम्पियन चेन्नई र मुम्बईसँगै संकटमा छन् यी चार टोली