शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मेस्सीको निर्णायक गोलमा अर्जेन्टिना विजयी

शनिबार, ३० कात्तिक २०७६, ०८ : २२
शनिबार, ३० कात्तिक २०७६

सुपरस्टार लियोनल मेस्सीको निर्णायक गोलमा अर्जेन्टिनाले सुपरक्लासिको उपाधि जितेको छ । तटस्थ भेन्यु साउदी अरबमा सुक्रबार राति खेलिएको प्रतिस्पर्धात्मक खेलमा अर्जेन्टिनालले ब्राजिललाई १–० गोलले हराउँदै सुपरक्लासिको अर्थात् मैत्रीपूर्ण खेल जितेको हो । 

यससँगै अर्जेन्टिनाले ब्राजिलसँग कोपा अमेरिका कपमा हारेको बदला समेत लियो । कोपा अमेरिकाको सेमिफाइनलमा अर्जेन्टिना ब्राजिलसँग २–० गोलले पराजित भएको थियो ।

रोचक खेलमा अर्जेन्टिनाले पेनाल्टीमा निर्णायक गोल गरेको थियो । लियोनल मेस्सीले १४औं मिनेटमा पेनाल्टीमा गोल गरे । ब्राजिलका एलेक्स स्यान्ड्रोले मेस्सीलाई डिबक्स डिबक्स भित्र लडाएपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो । मेस्सीको पहिलो पेनाल्टी प्रहार ब्राजिलका गोलरक्षक एलीसनले फर्काए । त्यही रिवाउन्डमा मेस्सीले पुनः गोल गरेका थिए ।

त्यसअघि ब्राजिलले पनि पेनाल्टीको अवसर खेर फालेको थियो । ब्राजिलका ग्याब्रिएल जेससलाई जर्मन पेजेलाले लडाएपछि रेफ्रीले पेनाल्टी दिए । जेससको पेनाल्टी प्रहार बाहिरिएको थियो । 

ब्राजिलले त्यसपछि केही राम्रा अवसरमा गोल गर्न नसक्दा हार खेप्न बाध्य बन्यो । अर्जेन्टिीनी मेस्सी करिव चारमहिनापछि टोलीमा फर्किएका हुन् । कोपा अमेरिका कपमा रेफ्री र आयोजकको आलोचना गरेका मेस्सी तीन महिला प्रतिबन्धमा परेका थिए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप