बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

धनुषामा बसको ठक्करबाट १ जनाको मृत्यु

शुक्रबार, २९ कात्तिक २०७६, २२ : १३
शुक्रबार, २९ कात्तिक २०७६

धनुषा- बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा जनकपुर–११ का ४१ वर्षीय गोविन्द साह रहेका छन् ।

लक्ष्मीनिया गाउँपालिका–६ निकाल सडकखण्डमा जनकपुरबाट विराटनगरतर्फ जाँदै गरेको ना७ख ३६९३ नंको बसले विपरीत दिशाबाट आउँदै गरेको ज९प ५४६१ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार साहको मृत्यु भएको प्रहरी प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिए । 

उनको उपचारका क्रममा मृत्यु भएको हो । घाइते भएका धिरेश साहको उपचार भइरहेको छ । बस चालकलाई महेन्द्रनगर इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप