आइपीएल : सन्दीप दिल्लीबाटै खेल्ने पक्का
शुक्रबार, २९ कात्तिक २०७६, १९ : २८

एजेन्सी । नेपालका लेग स्पिनिर सन्दीप लामिछानेले आगामी इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा पनि दिल्ली क्यापिटल्सबाट खेल्ने पक्का भएको छ । दिल्लीले सुक्रबार सन्दीप सहित १२ खेलाडीलाई रिटेन गरेको छ । दिल्लीले ब्याट्सम्यान श्रेयस अययर, पृथ्वी शा, शिखर धवन, विकेटकिपर ब्याट्सम्यान रिसव पन्त, अलराउन्डर कीमो पाउल, अक्सर पटेल र हर्षल पटेललाई रिटेन गरेको हो ।
दिल्लीले बलरतर्फ सन्दीप लामिछाने, इशान्त शर्मा, अमित मिश्रा, आवेश खान र कागीसो रबाड़ालाई रिटेन गरेको छ ।
यसपटक दिल्लीले ट्रेडिङमार्फत स्पिनर आर आश्विन र ब्याट्सम्यान आजिख्य रहानेलाई पनि टोलीमा समावेश गरेको छ । दिल्लीले अब आगामी डिसेम्बर १९ मा हुने आइपीएलको खेलाडी अक्सनमा थप खेलाडी किन्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहुल र पोरेल चम्किएपछि आईपीएलमा दिल्लीको शानदार जित
-
बाँकेमा भूमिहिनलाई लालपूर्जा वितरणको तयारी
-
१० बजे १० समाचार : कक्षा १२ को परीक्षा रोकियो, शिक्षकपछि कर्मचारीको आन्दोलन
-
सोलुखुम्बुमा जलवायुसम्बन्धी सम्मेलन सम्पन्न
-
नेपाल आए मेटाका प्रतिनिधि, होला सामाजिक सञ्जाल दर्ता ?
-
आईपीएल : दिल्लीले कमब्याक गर्दा १ सय ५९ रनमा रोकियो लखनउ