शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

त्रिविको शैक्षिक क्यालेन्डरलाई कडाइका साथ लागू गर्छु : उपकुलपति बास्कोटा

शुक्रबार, २९ कात्तिक २०७६, १८ : ५०
शुक्रबार, २९ कात्तिक २०७६

काठमाडौं । त्रिुभवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति डा. धर्मकान्त बास्कोटाले विश्वविद्यालयले सरकारसँगको समन्वयमा काम गर्ने बताएका छन् । त्रिविमा शुक्रबार विभिन्न विद्यार्थी संगठनसँगको छलफलमा उनले त्रिविको शैक्षिक क्यालेन्डरलाई कडाइका साथ लागू गरेर बताएका हुन् ।

उपकुलपति बास्कोटाले सडक सुधार र ठाउँ ठाउँमा बगैंचा बनाएर त्रिवि केन्द्रीय क्याम्पस परिसरलाई आकर्षक र सुन्दर बनाउने पनि बताएका थिए । उनले त्रिविका ६२ वटै आंगिक क्याम्पसमा बगैंचा बनाउने पनि योजना सुनाएका थिए ।

त्रिविका अनुसन्धान निकायलाई सक्रिय बनाई अनुसन्धान कार्यलाई जोड दिने पनि उपकुलपति बास्कोटाले बताए । नेविसंघबाहेक विभिन्नविद्यार्थी संगठनका प्रतिनिधिहरुले त्रिविमा स्वतन्त्र विद्यार्थी युनियनको आगामी फागुन १४ गते चुनाव गर्न माग गरेका अनेरास्ववियू त्रिवि कमिटीका अध्यक्ष मदन विष्टले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप