शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली यू–१९ टोलीको तेस्रो हार

शुक्रबार, २९ कात्तिक २०७६, १८ : १६
शुक्रबार, २९ कात्तिक २०७६

काठमाडौं । नेपालको युवा टोली भारतमा जारी यू–१९ च्यालेन्जर्स एकदिवसीय क्रिकेट प्रतियोगिताको तेस्रो खेलमा पनि पराजित भएको छ । शुक्रबार भएको लिग चरणको अन्तिम खेलमा नेपाल  भारतको ‘बी’ टोलीसँग दुई विकेटले पराजित भएको हो ।

नेपालले दिएको दुई सय ११ रनको विजय लक्ष्य भारतले ४६.३ ओभरमा आठ विकेटको क्षतिमा पूरा गरेको थियो । 

भारतको जितका दिभ्यनास जोशीले ५४ रन बनाए । कृतिककृष्ण सेट्टीले ३९, हर्षराजेस जम्वालले २९, सागर सुरेन्द्र कुमार दहियाले २८, निर्मल कुमारले अविजित २० र आथर्भा बिनोदले १२ रन बनाए ।

नेपालका आकाश चन्दले चार, सागर ढकालले दुई तथा कुशल मल्ल र शेर मल्लले एक एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाएर दुई  सय १० रन बनाएको थियो । नेपालका कप्तान रित गौतमले सर्वाधिक ८४ रन बनाए ।

शेर मल्लले ३३, हरिबहादुर चौहानले २०, आकास चन्दले १८ र कुशल मल्लले १२ रन बनाएका थिए । भारतका दिभ्यनास जोशीले तीन तथा अथर्भा बिनोद अन्कोलेकरले दुई विकेट लिए । नेपाल यसअघि भारतको ‘सी’ सँग १० विकेट र भारत ‘ए’ सँग एक सय सात रनले पराजित भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप