शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भैरहवास्थित युनिभर्सल कलेजका विद्यार्थीद्वारा रिले अनसन सुरु

शुक्रबार, २९ कात्तिक २०७६, १८ : ०६
शुक्रबार, २९ कात्तिक २०७६

बुटवल– कलेजले लिएको अतिरिक्त शुल्क फिर्ताको माग गर्दै विगत १६ दिनदेखि आन्दोलनमा रहेका रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज  अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालका विद्यार्थीले आजबाट रिले अनसन सुरु गरेका छन् । बीडीएस र एमबीबीएस अध्ययनरत विद्यार्थीले यसअघि गत सोमबार कलेज प्रशासन, लेखा, प्रधानाध्यापक तथा सहायक प्रधानाध्यापक कक्षलगायतमा तालाबन्दी गरेका थिए । विद्यार्थीले प्रशासनलाई ज्ञापनपत्र बुझाउने, मूल गेटमा धर्ना दिने, तालाबन्दी गर्नेलगायतका चरणबद्ध आन्दोलन गरेपनि प्रशासनले बेवास्ता गरेपछि बाध्य भएर रिले अनसन बस्नुपरेको दाबी गरेका छन् ।

आन्दोलन लामो समयसम्म चलेपछि कलेजबाट इन्टर्नमा खटिएका चिकित्सकले समेत शुल्क फिर्ता नभए काम नगर्ने चेतावनी दिँदै आएका छन् । यता कलेज प्रशासनले भने मुलुकभरका १८ वटा मेडिकल कलेजको समस्या भएकाले माथिल्लो निकायबाटै समाधान खोजिनुपर्ने जनाउँदै आएको छैन ।

युनिभर्सल मेडिकल कलेज भैरहवाका प्रबन्धक कमल ढकालले आफूहरुले विद्यार्थीलाई आन्दोलनका कार्यक्रम स्थगन गर्न आग्रह गरेको तर नमानेको बताए । विद्यार्थीको आन्दोलन शुक्रवार १६ औं दिनमा पुगेको छ । कात्तिक १४ गतेदेखि विद्यार्थी चरणबद्ध आन्दोलनमा छन् । सरकारले बीडीएसका लागि १९ लाख ३२ हजार र एमबीबीएसका लागि ४२ लाख ५० हजार शुल्क निर्धारण गरेपनि मेडिकल कलेजहरुले त्यसबाहेक अतिरिक्त रकम उठाउँदै आएका छन् । त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेको उक्त मेडिकल कलेजले विश्वविद्यालयले निर्धारण गरेकै शुल्क लिएको दाबी गर्दै आएको छ ।

विद्यार्थीहरुलाई इन्टर्नसिप गराउँदा लाग्ने खर्चका लागि कलेजले अतिरिक्त रकम उठाउने गरेको मेडिकल प्रशासनले जनाएको छ । गण्डकी मेडिकल कलेज र चितवन मेडिकल कलेजका विद्यार्थी समेत अतिरिक्त रकम फिर्ता माग्दै आन्दोलमा छन् । आन्दोलनका कारण वार्षिक परीक्षा स्थगित भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप