उपाधी जितेर महिला भलिबल टोली स्वदेश फर्किँदा विमानस्थलमा जे देखियो
जनही तीन लाख पुरस्कार दिने सरकारको घोषणा
शुक्रबार, २९ कात्तिक २०७६, १७ : ५१
काठमाडौँ । बङ्गलादेशमा बिहिबार सम्पन्न एभीसी सेन्ट्रल जोन सिनियर महिला भलिबलको उपाधि विजेता नेपाली महिला भलिबल टोली शुक्रबार अपरान्ह स्वदेश फर्किएको छ ।
भलिबल टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत समेत गरिएको थियो । महिला टोलीको सम्मानमा शुक्रबारनै नेपाल भलिबल संघले रात्री भोजको आयोजना पनि गरेको छ ।
यस्तै भलिबल टोलीका सदस्यलाई सरकारले जनही तीन लाख रुपैयाँ पुरस्कारको घोषणा गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले टोलीका सबै सदस्यलाई जनही तीन लाख दिने घोषणा गरेका हुन् । सिलवालले राखेपले सरकारसमक्ष उक्त प्रस्ताव लैजाने बताए ।