नेकपा बागलुङका दुई नेतामाथि कार्वाहीको डण्डा
शुक्रबार, २९ कात्तिक २०७६, १७ : ३१
बागलुङ– नेकपा बागलुङले उपनिर्वाचनमा स्वतन्त्र उमेदवार दिन लगाउने पार्टीका २ नेतालाई कार्वाही गरेको छ ।
नेकपा बागलुङको शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको हो । पार्टी सदस्य तुल्सीराम अर्याललाई निलम्बन गर्नुका साथै दधिराम अर्याललाई पार्टी सदस्य समेत नरहने गरी निश्काशन गरेको अध्यक्ष इन्द्रलाल सापकोटाले जानकारी दिएका छन् ।
अर्यालद्वयले आगामी मंसिर १४ गते हुने उपनिर्वाचन अन्तर्गत प्रदेशसभा बागलुङ क्षेत्र नम्बर २ मा उम्मेद्वारी दर्ता गर्ने क्रममा शेरमान घर्तीको स्वतन्त्र उम्मेदवारी कायम गर्ने हर्कत गरेका थिए ।