आलमलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
काठमाडौं । नेपाली कांग्रेसका निलम्बित सांसद मोहम्मद अफताव आलमलाई जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । आलमविरुद्धको मुद्दामा थुनछेक बहस सकिएपछि शुक्रबार अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको हो ।
जिल्ला न्यायाधीश दीपक ढकालको चार नम्बर इजलासमा थुनछेक बहस भएको थियो । मुद्दामा वादीको तर्फबाट १२ जना र प्रतिवादीको तर्फबाट २८ जनाले बहस गरेका थिए ।
ज्यान मार्ने कसुर, ज्यान मार्ने उद्योग र विष्फेटक पदार्थ गरी तीनवटा मुद्दामा पक्राउ परेका निलम्बित सांसद आलमको पक्षमा अधिवक्ताहरुले सोमवारदेखि बहस गरेका थिए । आलमविरुद्धको थुनछेक बहस जिल्ला अदालत रौतहटमा पछिल्लो आठ दिन यता चल्दै आएको थियो ।
शुक्रबार वरिष्ठ अधिवक्ता अनिरुद्र बैठा, अधिवक्ताहरु किशोर राउत, राजाराम यादव, रामबहादुर साह, विनोद पटेलले बहस गरेका थिए ।
यसअघि अलामको पक्षबाट पूर्व महान्यायाधिवक्ता रमण श्रेष्ठ, नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष शम्भु थापा, प्रेमबहादुर खड्का, वरिष्ठ अधिवक्ताहरु युगनाथ खनाल, शेरबहादुर केसी, अधिवक्ता सुनिल पोखरेल, योगेन्द्रबहादुर अधिकारी, कृष्ण घिमिरे भुषण र गोपालकृष्ण घिमिरेलगायत १५ जना कानुन व्यवसायीले बहस गरेका थिए ।
कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ भण्डारण गरी तीनवटा अभियोगमा पक्राउ परेका आलमको मुद्दामा गत सोमबारदेखि बहस हुँदै आएको थियो ।
२०६४ चैत २७ गते रौतहटको राजपुर फरहदवास्थित बमकाण्डका घाइते त्रिलोकप्रताप सिंह ‘पिन्टु’ र ओसी अख्तरसहित दर्जन बढी मानिसलाई जिउँदै ईटा भट्टामा जलाएको आरोपमा सर्वोच्च अदालतको आदेशमा गत असोज २६ गते आलम पक्राउ परेका थिए । पक्राउसँगै प्रहरीले उनीविरुद्ध कानुनी प्रक्रिया अघि बढाएको थियो ।
सो घटनामा संलग्न अन्य १० जना भने फरार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपेश पुन र नवीन अछामी कारागार चलान
-
दीपेश पुन छुटाउन ऋण खोज्दै साथी, भन्छन्– ४ लाख धरौटी जुटाउन सकेनौँ, कसैले ऋण पत्याए हुन्थ्यो
-
सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु
-
आगो निभाउने क्रममा जलेर महिलाको मृत्यु
-
‘फास्ट ट्रयाक’का २ वटा सुरुङमार्ग २ महिनाभित्र ‘ब्रेक थ्रु’ हुने
-
इलाममा करेन्ट लागेर एक जनाको मृत्यु