पूर्व सहायकमन्त्री रुपज्योती थुनामुक्त
काठमाडौँ । ठगी आरोपमा पक्राउ परेका पूर्व सहायकमन्त्री रुपज्योती थुनामुक्त भएका छन् ।
जिल्ला सरकारी वकिलको कार्यालयले उनलाई ठगी मुद्दा चलाउनुपर्ने नदेखिएको रायसहित मिसिल उच्च सरकारी वकिलको कार्यालय पाटनमा पठाउने निर्णय गरेको छ ।
जिल्ला सरकारी वकिल कार्यालयका सूचना अधिकारी नुमराज खनालले रुपज्योतीलाई हाजिरी जमाना छाड्न महानगरीय प्रहरी परिसर काठमाडौँलाई पत्र लेखेर पठाइएको बताए ।
सरकारी वकिलको पत्र आएसँगै रुपज्योतीलाई नियमअनुसार छाडिएको परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।
गत २१ कात्तिकमा विज्ञेन्द्रकृष्ण मल्लको जाहेरीका आधारमा रुपज्योति र उनकी छोरी सुरुची ज्योति सिंगापुरबाट नेपाल फर्किनासाथ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । मल्ल र ज्योति परिवारबीच कुरा मिलेर मुद्दा फिर्ता लिने सहमति भएको बताइएको छ ।
२०७५ मंसिर १६ मा मल्लले रुपज्योतिसहितका ११ जनाले उनको १ करोड २६ लाख ठगी गरेको भन्दै जिल्ला अदालतमा उजुरी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धारापानीमा भीषण आगलागी, कम्तीमा २० घरगोठ जले
-
आत्मकथा किताब बेचेर कारखाना सञ्चालन गर्दै महावीर पुन
-
डुङ्गाभित्र नब्बे किलो सिक्का !
-
म्याग्दीमा मगरात सभ्यताको अध्ययन अनुसन्धान गरिने
-
उपनिर्वाचनमा पैसा बाँड्नेलाई कारबाही हुन्छ : गृहमन्त्री लामिछाने
-
कम्युनिस्ट पार्टीमा आलोचनात्मक विचारलाई रोक लगाइयो : राम कार्की