बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बिश्व किर्तिमानी आरोही निर्मल पूर्जालाई हामा आईरन एण्ड स्टीलको साथ

शुक्रबार, २९ कात्तिक २०७६, १५ : ५७
शुक्रबार, २९ कात्तिक २०७६

काठमाडौं– बिश्व किर्तिमानी आरोही निर्मल पूर्जालाई हामा आईरन एण्ड स्टीलले साथ दिएको छ । निर्मल पूर्जा तथा ‘निम्स दाई’ले विश्वका १४ वटा ८००० मिटर भन्दा अग्ला हिमालहरु ७ वर्ष ११ महिना १४ दिनको बिश्व रेकर्ड मात्र ६ महिना ६ दिनमा सम्पन्न गरी नयाँ बिश्व किर्तिमान कायम गरेका छन् । 

उनको शाहसपूर्ण यात्रालाई हामा आईरन एण्ड स्टील तथा प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल)ले शुरुवाती समय देखि नै साथ र सहयोग रहेको थियो । जस अन्र्तगत हामा आईरन एण्ड स्टीलको तर्फबाट भौतिक रुपमा साथै प्रिमियर इन्स्योरेन्सले निर्मल पूर्जाको यस यात्रालाई बिमाको सुबिधा प्रदान गरेको थियो ।

निर्मल पूर्जाकोे यस यात्रालाई हामा आईरन एण्ड स्टीलका प्रबन्ध निर्देशक तथा प्रिमियर इन्स्योरेन्सका सञ्चालक राजन कृष्ण श्रेष्ठको व्यक्तिगत प्रयासमा निरन्तर सहयोग र प्रयासको पनि योगदान रहेको छ ।

हाल निर्मल पूर्जा, ‘निम्स दाई’को यस सफल यात्राले नेपाल लाई पनि बिश्वमान चित्रमा सबैका अगाडी चिनाउने मद्दत पुगेको छ । १४/७ प्रोजेक्ट पोसिवल नाम दिइएको यस सफल मिसनमा नेपालको पनि मान–प्रतिष्ठा जोडिएको छ जसका लागि एउटा विदेशमा कार्यरत नेपालीले नेपाललाई विश्वव्यापी रुपमा चिनाउन सफल भएका छन् । 

उनबाट कायम गरिएको यस नयाँ बिश्व कीर्तिमानले आम नेपालीहरुलाई पनि नयाँ हौसला थप्नुको साथै निजको यस अदम्य साहस ले सम्पूर्ण बिश्व सामु नेपालको पर्वतारोहण पर्यटनलाई पनि टेवा पु¥याएकोे छ ।  

चितवन ब्रिटिश गोर्खा बिग्रेडमा नियुक्त भई ‘एसबीएस फोर्स’ बाट अवकाश लिएर ७ महिना भित्र बिश्वका १४ वटा अग्ला हिमाल आरोहण गर्ने अठोटका साथ अघि बढेका निर्मल पूर्जा ‘निम्स दाई’ अहिले नेपाल तथा अन्र्तराष्ट्रिय जगतका लागि नौलो नाम रहेन । 

निर्मल पूर्जा ‘निम्स दाई’ले यस भन्दा अगाडी पनि पर्वतारोहणका सम्बन्धमा अनेक विश्व किर्तिमान पनि आफ्नो नाममा लेखाएका छन् । यस का लागि उनको दृढ बिश्वास, अथक मेहनत तथा सकारात्मक सोच ले धेरै भूमिका खेलेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप