शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मानव सेवा आश्रमलाई सिटी एक्सप्रेसको सहयोग

शुक्रबार, २९ कात्तिक २०७६, १५ : ४५
शुक्रबार, २९ कात्तिक २०७६

काठमाडौं– सिटी एक्सप्रेस ग्रुपद्धारा सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रमलाई १२०० थान ज्याकेट हस्तान्तरण गरिएको छ । 

जाडोयाम लाई लक्षित गरि मानव सेवा आश्रममा आश्रितहरुलाई जाडोबाट बच्न उक्त ज्याकेट वितरण गरिएको कम्पनीले जनाएको छ । 

उक्त अवसरमा सिटी एक्सप्रेस ग्रुप अन्र्तगतका भगिनी संस्थाहरु मध्ये सिटी एक्सप्रेस मनि ट्रान्सफरका प्रशासकीय निर्देशक कृष्णराज पौडेल, सिटी एक्सप्रेस फाइनान्सका प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसे, र सिटी एक्सप्रेस बचत तथा ऋण सहकारीका प्रमुख कार्यकारी अधिकृत नारायण बस्नेतद्धारा संयुक्त रुपमा मानव आश्रमका अध्यक्ष रामजी अधिकारीलाई उक्त ज्याकेटहरु एक समारोह बिच हस्तान्तरण गरिएको थियो ।
     
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप