शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कालो बादल हट्ने पर्खाइमा थिएँ : खड्का

शुक्रबार, २९ कात्तिक २०७६, १५ : ४२
शुक्रबार, २९ कात्तिक २०७६

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले पदत्यागका लागि नेपाली क्रिकेटमाथिको कालो बदल हट्ने पर्खाइमा रहेको खुलासा गरेका छन् ।

टाइम्स नाउ न्यूजका लागि शुभयान चक्रवर्तीसँगको कुराकानीमा खड्काले आफूले टोलीको कप्तानी यसअघि नै छाड्न चाहे पनि नेपाली क्रिकेटमाथि अन्धकार छाएको बेला नछाडेको बताएका हुन् ।

‘म पछिल्लो १० वर्षदेखि नेतृत्व गरिरहेको थिएँ र नेपालको क्रिकेट संघ पछिल्लो साढे तीन वर्षदेखि निलम्बित थियो,’ कप्तान पारसले भनेका छन्, ‘म कालो बादल हट्ने पर्खाइमा थिएँ । म टोलीलाई अन्धकारमा छाड्न चाहन्न थिएँ । सबै कुरा सुल्झिएपछि मात्र अघि बढ्न चाहन्थे ।’

‘१० वर्ष लामो समय हो । अहिले सबै कुरा सुल्झिएपछि र सबै कुरा स्थिर भएपछि अरुले नै टोलीलाई अघि बढाओस् भन्ने चाहन्थे,’ खड्काले भनेका छन्, ‘नेपाली क्रिकेट टोलीको कप्तानी गर्न पाउनु मेरा लागि ठूलो गर्वको कुरा हो र यो कुरालाई म सधैँ सम्झनेछु ।’

खड्का हाल टी–१० लिग खेल्नका लागि अबुधावीमा रहेका छन् । उनी टीम अबुधावीसँग आबद्ध रहेका छन् ।

खड्काले अन्तरवार्तामा नेपालले एकदिवसीय खेलका लागि मान्यता पाएको क्षण आफ्नो करियरको सबैभन्दा अविस्मरणीय पल भएको बताएका छन् । त्यस्तै, विश्वकपका लागि छनौट भएको पल पनि आफूले कहिल्यै नबिर्सने बताए ।

खड्काले अबको १० वर्षमा नेपालले टेस्ट राष्ट्रको मान्यता पाएको हेर्ने आफ्नो सपना रहेको पनि बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप