शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रिसोर्टमा कर्मचारी युनियन खोल्न पाउनुपर्ने माग गर्दै नाराबाजी

शुक्रबार, २९ कात्तिक २०७६, १५ : १५
शुक्रबार, २९ कात्तिक २०७६

बुटवल । स्टार होटल टाइगर प्यालेस रिसोर्टमा कर्मचारी युनियन खोल्न माग गरिएको छ । रुपन्देहीको मधौलियमा २ वर्षदेखी सञ्चालनमा आएको पाँच तारे होटल टाइगर प्यालेस रिसोर्टका कर्मचारीहरुले युनियन दर्ताको माग राखेका हुन् । उनीहरुले युनियन दर्ताको माग राख्दै श्रम कार्यालय बुटवलमा निवदेन दिएपछि टाइगर प्यालेसको व्यवस्थापन पक्षले युनियनमा अवरोध सिर्जना गरेको जनाइएको छ ।

कात्तिक २२ गते श्रम कार्यालय बुटवलमा २०८ जना कर्मचारीहरुले  दर्ताको लागी निवेदन दिएका थिए ।  कर्मचारीले निवदेन दिएपछि व्यवस्थापन पक्षले जागिरबाट निकाल्ने धक्की दिँदै आएको आरोप कर्मचारीहरुले लगाएका छन् । व्यवस्थापन पक्षले धम्की दिएपछि कर्मचारीहरुले त्यसको विरोध गर्र्दै श्रम कार्यालय बुटवलमा नारावाजी समेत गरेका छन् । कर्मचारीहरुले कानुनअनुसार  युनियन दर्ता गर्न पाउनुपर्ने माग समेत गरेका छन् ।

व्यवस्थापन पक्षले भने हस्ताक्षर फिर्ता लिन दवाव दिएको कर्मचारी ईश्वर पाण्डेयले बताए । कर्मचारीले हस्ताक्षरसहितको निवेदन फिर्ता नगरे जागिरबाट निकाल्ने चेतावनी दिएको बताए । पर्यटन होटल सम्बन्ध श्रमिक समितिका अध्यक्ष खेमराज खड्काले व्यावस्थापन पक्षले प्रशासनको आडमा युनियन दर्ता गर्न अवरोध सृजना गरको आरोप लगाए ।

उनले कानुनअनुसार नै ट्रेड युनियन गठन गर्न पाउनुपर्ने माग राखे । श्रम कार्यालय बुटवलका नि.प्रमुख दामोदर ज्ञवालीले २०८ जना मध्ये एकजनाले हस्ताक्षर फिर्ता लिएको बताए । उनले एकहप्ता भित्रको म्याद आज साँझ सकिने रातोपाटीलाई बताए । श्रम कार्यालयमा अहिले  प्रहरी परिचालन गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप