नक्कली सुनसहित २ जना पक्राउ

हेटौडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले नक्कली सुनसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले चेक जाँचको क्रममा भैसेबाट हेटौडातर्फ आइरहेको मोटरसाइकल रोकी चेकजाच गर्दा नक्कली सुन फेला पारेको हो ।
पक्राउ पर्नेहरुमा दोलखा जिरी नगरपालिका–३ बस्ने ४७ वर्षीय ध्यालसिंह शेर्पा र सोहि मोटरसाइकलमा पछाीड बस्ने मकवानपुर राक्सिराङ्ग गाउँपालिका–४ बस्ने अभय कुमार थिङ्ग रहेका छन् ।
चालक ध्याल सिंह शेर्पाको साथबाट SUISSE 1 kilo fine gold 999.9co2266650 लेखिएको सुनजस्तो पहेलो रङ्गको चारपाटे नक्कली सुन फेला परेको थियो ।
प्रहरीले यसअघि पनि हेटौडाका विभिन्न स्थानहरुमा नक्कली सुन देखाइ ठगी गर्ने घटनामा पनि उनीहरुको संलग्नता हुनसक्ने आशंका गरेको छ ।
नक्कली सुन र मोटरसाइकल सहित निजहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले बताए ।
यसैगरी प्रहरी उपरिक्षक सिंहले दुईवटा नक्कली लाइसेन्स सहित मकवानपुर आमभन्ज्याङ बस्ने अटो चालक शिव सञ्जेललाइ नियन्त्रणमा लिई किर्ते मुद्दामा अनुसन्धान भैरहेको जानकारी गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकतन्त्र आउनुमा ‘राजा ज्ञानेन्द्रको भूमिका’
-
सरकार समस्याको समाधानतर्फ नगई उल्टै जटिलता बढाउने दिशामा गयो : प्रचण्ड
-
‘जब गिरिजाबाबु र शेरबहादुरजी ‘बेबी किङ’प्रति सफ्ट हुनुभयो’
-
२०६३ वैशाख ११ गते सम्बोधनमा के भनेका थिए ज्ञानेन्द्र शाहले ?
-
ओभरटेक गर्ने क्रममा बस दुर्घटना, १३ जना घाइते
-
राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दै