शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रवि लामिछानेसँग डेट जान चाहान्छु – अभिनेत्री कुशुम राउत

शुक्रबार, २९ कात्तिक २०७६, १३ : २०
शुक्रबार, २९ कात्तिक २०७६

फिल्म ‘मिस्टर नेपाली’की अभिनेत्री हुन् कुशुम राउत । आज शुक्रबारबाट प्रदर्शनमा आएको यो फिल्मबाट कुशुमले अभिनयमा डेब्यु गरेकी हुन् । देशप्रेम र प्रेमकथामा निर्माण भएको फिल्म उनी भने अभिनेता साहिल श्रेष्ठको जोडी बनेकी छन् ।

अभिनेता सरोज खनालले सञ्चालनमा ल्याएको एकेडेमी माला आर्टमा अभिनय प्रशिक्षण लिइरहेकी कुशुम नृत्य र द्वन्द्वको प्रशिक्षणसहित अभिनयमा होमिएकी हुन् । पुतलीसडक धोवीधार निवासी कुशुमले कलाकारितमा शिखर चुम्ने सपना देखेकी छन् । कुशुम सानैदेखिको रहर पूरा गर्न कलाकारितामा होमिएकी हुन् । यो क्षेत्रमा जस्तै उतारचढाप आए पनि नभाग्ने सोचमा रहेकी कुशुमलाई यस्तो छ, रातोपाटीका दस प्रश्न ।

फिल्मको अफर कसरी आयो ?

फिल्मको प्रोडक्सन मेनेजर गणेश सापकोटासँग पहिलेदेखि नै चिनजान थियो । भेटमा उहाँलाई मैले आफ्नो फिल्म अभिनय चाहना राख्ने गर्दथेँ । त्यसका लागि आफ्नो कोसिस र मिहिनेतसमेत बताएको थिए । तिमीलाई  सुहाउँदो फिल्म पाए भन्छु भनेर उहाँले भन्नुभएको थियो । यो फिल्मको अफर उहाँले नै ल्याउनुभयो । फिल्मका लागि निर्माण युनिटले आयोजना गरेको अडिसन पास भएर फिल्ममा अटाए ।

अभिनयको पहिलो अनुभव कस्तो रह्यो ?

सोचेको भन्दा राम्रो गर्न पाए । निकै डर थियो । सिनियर कलाकारसँग काम गर्न सक्दिन कि भन्ने । फिल्ममा भुवन केसी सरदेखि धेरै सिनियर कलाकार हुनुहुन्थ्यो । तर उहाँहरुसँग काम गर्न पाउँदा धेरै कुरो सिक्न पाएँ । उहाँले सिकाउनु पनि भयो । सजिलैसँग फिल्म पूरा भयो ।

पहिलो फिल्म रिलिजमा आउँदा कस्तो अनुभूति हँुदोरहेछ ?

मेरो अभिनयलाई दर्शकले के भन्ने हुन् भनेर एक किसिमको डर, नर्भस फिल भइरहेको छ । अर्काे कुरो पहिलो पटक पर्दामा आफूलाई देख्न पाउँदा एक्साइटेड पनि छु । अभिनयमा मैले आफ्नो तर्फबाट बेस्ट दिने कोसिस गरेकी छु । रिजल्ट पनि राम्रो आउने आस छ ।

कस्तो भूमिकामा देख्न सकिन्छ ?

गाउँले केटीको भूमिका निर्वाह गरेकी छु । फिल्मको सुरुदेखि अत्यसम्म मेरो भूमिका त छैन । छोटो भए पनि दर्शकको नजरमा पर्ने खालको छ ।

तपाईं कस्ती केटी ?

म मिलनसार छु । तर जो कोहीसँग एकै भेटमा खुल्न भने सक्दिनँ । सङ्गत गर्दै गएपछि घुल्नसक्छु । सबैको कुरा सुन्ने र डिसिजन आफूले गर्ने बानी छ ।

मनपर्ने केटा ?

सिम्पल, स्पार्ट, जेन्टल, साँचो बोल्ने केटा मनपर्छ ।

प्रेम ?

छैन छैन । मेरो प्रेमी बनाउनेतिर अहिलेसम्म कहिल्यै ध्यान गएन । मेरो केटा साथी त धेरै छन् । तर प्रेमीको रूपमा कोही बनाएकी छैन ।

अभिनय बाहेको रुचि ?

गीत गाउन मनपर्छ । कथा, उपन्यास पनि पढ्छु ।

सपना ?

एउटा सपना सफल कलाकार बन्ने छ । अर्काे इच्छा आफ्नो एउटा बिजनेस गर्नेछ ।

रोजेको व्यक्तिसँग डेटको अफर दियो भने ?

रवि लामिछानेसँग जान चाहन्छु । उहाँसँग भेटेर कफी डेट गर्दै गफ गर्ने इच्छा छ । उहाँको बोल्ने शैली मनपर्छ । उहाँले देशका लागि गरेको कुरा जायज लाग्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप