शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पूर्वी चीनमा आगलागी, ५ जनाको मृत्यु, ३ घाइते

शुक्रबार, २९ कात्तिक २०७६, १३ : १६
शुक्रबार, २९ कात्तिक २०७६

हेफेइ– पूर्वी चीनको आन्हुइ प्रान्तमा अवस्थित एक भवनमा शुक्रबार बिहान भएको आगलागीमा परी पाँच व्यक्तिको मृत्यु हुनुको साथै अन्य तीन घाइते भएका छन् ।  स्थानीय समयाअनुसार शुक्रबार बिहान ५ः५७ बजे यस आवासीय भवनको पहिलो तल्लाका पसलहरू जल्नुको साथै दोस्रो र  भुईको तल्लाको केही भागहरूमा आगो फैलिएको थियो । 

सो आगलागीमा १ सय ५० वर्ग मिटरसम्म फैलिएको स्थानीय स्रोतले शुक्रबार जनाएको छ । आगालागी भएको बेला उक्त भवनभित्र २५ व्यक्ति रहेका थिए । ती मध्ये आठ जनालाई उपचारको लागि अस्पताल लगिएको थियो । 

उपचारको क्रममा पाँचको मृत्यु भएको थियो । एक जनाको अति सघन कक्ष (आइसियु) मा राखेर उपचार भईरहेको र सामान्य रुपमा घाइते भएका दुई जना उपचारपछि घर फकिएको जनाइएको छ ।

स्थानीय समयानुसार शुक्रबार विहान ७ः५० मा उक्त आगलागी नियन्त्रणमा लिइएको र आगलागीको कारण बारे  अनुसन्धान भइरहेको बताइएको छ । –सिन्हवा/

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप