शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ओली र प्रचण्ड बालुवाटारमा छलफल गर्दै

शुक्रबार, २९ कात्तिक २०७६, १२ : ४१
शुक्रबार, २९ कात्तिक २०७६

काठमाडौँ– मन्त्रीहरुको हेरफेर तथा पार्टी नेतृत्वको जिम्मेवारीबारे सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षले सघन छलफल गर्ने भएका छन् ।

शुक्रबार दिउँसो ३ बजे प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल हुन लागको बालुवाटार उच्च स्रोतले जनाएको छ ।

दुई अध्यक्षबीच  बहिर्गमनमा पर्न लागेका र नयाँ आउने मन्त्रीहरुका बारेमा निर्णय हुने बताइएको छ । दुई अध्यक्षको छलफल पछि मात्रै सचिवालय बैठक बस्ने र उक्त बैठकबाट मन्त्रिमण्डल हेरफेरबारे ठोस निर्णय गर्ने नेताहरुको तयारी छ । यसअघि गत बिहीबारै बस्ने भनिएको सचिवालय बैठक पर्याप्त गृहकार्य नपुगेको भन्दै स्थगित हुँदै आएको थियो ।

दुई नेताको छलफलमा कुरा मिले शुक्रबार साँझ मन्त्रिपरिषद्को बैठक समेत बोलाउने सम्भावना रहेको एक मन्त्रीले जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप