नविन र एड्रियनले इटहरी तताउने
काठमाडौं । गायक एड्रियन प्रधान र नबिन के भट्टराईको पूर्वको पर्यटकिय नगरी इटहरीमा सांगीतिक प्रस्तुति आयोजना हुने भएको छ । पूर्वका पर्यटकीय स्थानको प्रबद्र्धन गर्ने उद्देश्यले साङ्गीतिक कार्यक्रमको आयोजना हुन लागेको छ ।
पूर्वाञ्चल म्युजिक फेस्टिभल २०७६ नाम दिइएको फेस्टिभलमा एड्रियन र नविनको विशेष प्रस्तुति रहनेछ । आयोजक हाम्रो कार्टले बिहीबार साँझ एक पत्रकार सम्मेलन गर्दै कार्यक्रमका बारेमा जानकारी गराएको हो ।
हाम्रो कार्टका प्रमुख प्रमेश श्रेष्ठले आन्तरिक पर्यटनलाई बढावा दिने उद्देश्य सहित म्युजिक फेस्टिभल गर्न लागेको जानकारी गराए ।
कार्यक्रममा नविन र एड्रियन आफ्नो ब्यान्डसहित प्रस्तुत हुने छन् ।
कन्सर्टमा दुबै गायकका अलावा भ्वाइस अफ नेपाल प्रतिस्पर्धी सुशान्त गौतमको पनि प्रस्तुति रहनेछ । सुशान्त गत सिजनको भ्वाइस अफ नेपालको टप फाइभभित्र परेका प्रतिस्पर्धी थिए । कार्यक्रममा अस्तित्व ब्यान्डको पनि प्रस्तुति रहने आयोजकले जानकारी दियो ।
कार्यक्रममा इटहरीस्थित रङ्गशालामा कार्तिक ३० गते शनिबार बेलुका ४ बजेबाट सुरु हुने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न संघीय सरकारले मात्रै सक्दैन : अर्थमन्त्री पुन
-
कतार र नेपालबिच धेरै कुरामा समानता देखिन्छ : राजदूत डा. ढकाल
-
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
-
१६औँ पञ्चवर्षीय योजनाको रणनीति : प्रतिव्यक्ति आय २४१३ अमेरिकी डलर पुर्याउने !
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
क्रान्तिकारी कम्युनिस्ट र मशालबिच पार्टी एकता हुने