शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नागरिकता कसुरका आरोपी धरौटीमा रिहा

शुक्रबार, २९ कात्तिक २०७६, १२ : ०३
शुक्रबार, २९ कात्तिक २०७६

झुट्टा विवरण पेश गरी नागरिकता दिलाएको मुद्दामा पक्राउ परेका प्रतिवादीहरु जनही रु तीन लाख धरौटीमा रिहा भएका छन् । 

स्याङ्जा जिल्ला अदालतले नागरिकतासम्बन्धी मुद्दाका प्रतिवादी स्याङ्जाको आँधीखोला गाउँपालिका–४ का ७६ वर्षीय सर्वजित सुनार र फेदीखोला गाउँपालिका–४ बडाचौरका ६१ वर्षीय चेतनाथ पौडेलले रु तीन/तीन लाख धरौटी दाखिला गरी तारेखमा छुटेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले बताए ।
 
सर्वजित सुनारले कास्कीको पोखरा महानगरपालिका–३० बस्ने डिलबहादुर श्रेष्ठका ३३ वर्षीय छोरा शङ्कर श्रेष्ठलाई आफ्नो छोरा भएको झुट्टा विवरण पेश गरेको र तत्कालीन वडाध्यक्ष चेतनाथ पौडेलले सिफारिश गरेपछि २०६० माघ २० मा जिल्ला प्रशासन कार्यालय स्याङ्जाले नागरिकता दिएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप