शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रधानमन्त्री सचिवालयका रिमाल र भट्टराईको राजीनामा अस्वीकृत

शुक्रबार, २९ कात्तिक २०७६, ११ : ४३
शुक्रबार, २९ कात्तिक २०७६

काठमाडौँ– प्रधानमन्त्री केपी ओलीले आफ्नो सचिवालयका २ सल्लाहकारसहित ६ जना सदस्यको राजीनामा स्वीकृत गरेका छन् । राजीनामा स्वीकृत भएसँगै उनीहरु पदमुक्त भएका छन् । 

राजीनामा स्वीकृत हुनेमा प्रेश सल्लाहाकार कुन्दन अर्यालसहित जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रेस संयोजक चेतन अधिकारी तथा सचिवालयमा कार्यरत घनश्याम भट्टराई, कृष्ण पौडेल र कम्प्युटर अपरेटर उदय पोखरेल छन् ।

अर्यालसहित ६ जनाको राजीनामा भने मंसिर १ गतेबाट लागु हुनेगरी स्वीकृत भएको हो ।

राजीनामा स्वकिृत भएलगत्तै अर्याल भने शुक्रबारै सिन्धुलीतर्फ हिँडेका छन् । 

प्रधानमन्त्री ओलीले गत साता सचिवालयका सवै ११ सदस्यलाई सामुहिक राजीनामा गर्न लगाएका थिए । तर प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालसहित परराष्ट्र सल्लाहकार राजन भट्टराईको राजीनामा भने अस्वीकृत भएको छ । यसको अर्थ हो रिमाल र भट्टराई प्रधानमन्त्री ओलीको रोजाइमा परेका छन् । त्यसैले उनीहरुले सचिवालयमा निरन्तरता पाएका छन् ।

आफ्नो स्प्रीट अनुसार काम गर्न नसकेकाले सचिवालयका केही सदस्य र सल्लाहकारको राजीनामा स्वीकृत गरेको प्रधानमन्त्री निकट स्रोतले बताएको छ । तर सचिवालयका तल्ला तहका सदस्यलाई हटाएर माथिल्लो तहकालाई राख्दैमा प्रधानमन्त्री ओलीको स्प्रीट बढ्ला या नबढ्ला ? त्यो भने हेर्न बाँकी नै छ ।

अर्याल, अधिकारी र मैनालीहरु लाए–अह्राएको मात्रै काम गर्दै आएका थिए । उनीहरुसँग सरकारको सफलता र असफलता जोडिने कुरै हुदैन । आफ्नो सचिवालयसहित मन्त्रिहरुको समेत कार्यसम्पादनको मुल्याङ्कनका आधारमा प्रधानमन्त्री ओलीले आफ्ना सहयोगीहरु परिवर्तन गर्ने नीति लिएका छन् ।

तर सरकारका मन्त्री तथा सत्तारुढ दलका कतिपय नेताहरुले प्रमुख सल्लाहकार रिमालले प्रधानमन्त्री ओलीलाई निश्चित घेरामा राख्दा समस्या भएको गुनासो गर्दै आएका छन् ।

तर यो गुनासो विपरित प्रम ओलीले स्थायी समिति सदस्य समेत रहेका रिमाललाई निरन्तरता दिएपछि धेरैले समस्याको जड कायमै राखेर हाँगाविगा काट्दैमा प्रधानमन्त्रीको चाहाना र गति बढ्नेमा शंका व्यक्त गरेका छन् । नेकपाका एक नेता भन्छन्, ‘सचिवालयमा केही पात्र फेरिएपनि प्रवृति नफेरिने देखियो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप