शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जब पर्‍यो राति अनि बुढी ताती

शुक्रबार, २९ कात्तिक २०७६, ११ : २२
शुक्रबार, २९ कात्तिक २०७६

एउटा चर्चित उखान छ, जब पर्‍यो राति अनि बुढी ताती । यो उखान ठ्याक्कै दशरथ रङ्गशालाको पुनर्निर्माणको कार्यशैलीमा लागू भएको छ ।

२०७२ सालमा गएकोे विनाशकारी भूकम्पमा रङ्गशालामा पनि क्षति पुगेको थियो । तर भूकम्प गएको चार वर्षमा पनि देशको एक मात्र अन्तर्राष्ट्रिय स्तरीय रङ्गशालाको पुनर्निर्माण अझै सकिएको छैन ।

विगत ४ वर्षदेखि विभिन्न बाहनामा पुनर्निर्माण कार्यलाई तीव्रता नदिएको एचसीडी नेपाल र सिम्यी चाइना कम्पनीले अहिले रातदिन नभनी काम गरिरहेका छन् ।

पुनर्निर्माण समयमा नसकिँदा दशरथ रङ्गशालामा विश्वकप २०२२ को फुटबल छनोटअन्तर्गत नेपाल र कुवेतबीच हुने भनिएको खेल हुन सकेन ।

आगामी मङ्सिर १५ देखि २४ गतेसम्म १३औँ दक्षिण एसियाली खेलकुद साग पनि नेपालमा आयोजना हुँदैछ । तर रङ्गशाला निर्माणको काम भने अहिलेसम्म पनि ‘जारी’ छ ।

मङ्सिर ८ गतेसम्म रङ्गशालाको पुनर्निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेको एचसीडी नेपालका म्यानेजिङ डाइरेक्टर उपेन्द्र बम बताए । ‘पुनर्निर्माणको कार्य दिनभरि रातभरि गरिरहेका छौँ । केहीले त राति १२ बजेसम्मै काम गरिरहेका छौँ,’ उनले भने, ‘राति रङ्गशालाको बत्ती बालेर काम गर्छौं ।’

रङ्गशाला निर्माण कार्यमा ४५ जना कामदार खटिएको उनले बताए । चीनबाट रङ्गशाला निर्माण कार्य लागि १ जना इन्जिनियर र ४ जना  प्राविधिक ४ दिनभित्रमा नेपाल आउने समेत उनले बताए । मङ्सिर ८ गते दशरथ रङ्गशालाको पुनर्निर्माण कार्य सम्पन्न गर्नका लागि २० दिन अगाडि राति काम सुरु गरेको उनले बताए ।

तस्विरहरु : कृष्ण खड्का

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप