आज अर्जेन्टिना र ब्राजिलको भिडन्त

विश्व फुटबमा महान हस्ती अर्जेन्टिना र ब्राजिलबीचको खेल सधैँ चर्चामा रहन्छ । विश्वकपमात्र नभएर अन्य प्रतियोगितामा पनि यी दुई टोलीको खेललाई विश्वभरका दर्शकले मन पराउने गर्दछन् ।
कोपा अमेरिका कपपछि यी दुई टोली शुक्रबार (आज) राति भिड्दैछन् । अर्जेन्टिना र ब्राजिलले आज मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गन लागेका हुन् । दुई टोलीबीचको खेल तटस्थ भेन्यु साउदी अरवमा हुँदैछ ।
कोपा अमेरिकापछि तीन महिनाको प्रतिबन्ध सकिएसँगै अर्जेन्टिनी कप्तान लियोनल मेस्सी यही खेलमार्फत राष्ट्रिय टोलीमा फर्कदैछन् । कोपा अमेरिका कपमा रेफ्री र आयोजकको आलोचना गरेका मेस्सी तीन महिला प्रतिबन्धमा परेका थिए ।
कोपा अमेरिकापछि ब्राजिल र अर्जेन्टिना पनि पहिलो पटक भिड्न लागेका हुन् । कोपामा आयोजक ब्राजीलले अर्जेन्टिनालाई २–० गोलले हराएको थियो । त्यही खेलमा मेस्सी आयोजकसँग रुस्ट बनेका थिए । उनले आयोजकले खेल मिलेमतो गराएको, कोपामा भ्रष्टाचार मौलाएको जस्ता आरोप लगाएका थिए ।
संयोगबस त्यही खेलपछि मेस्सीको भेट पुनः ब्राजिलसँग हुँदैछ । ब्राजिल टोलीमा स्टार खेलाडी नेइमार हुने छैनन् । चोटका कारण भर्खर खेलमा फर्किएका नेइमारले यस खेल नखेल्ने बताईएको छ । ब्राजिलले पछिल्ला खेलमा कमजोर प्रदर्शन गरिरहेको छ । अर्जेन्टिनाले भने राम्रो नतिजा निकालिरहेको अवस्था छ । त्यसैले यी दुई टोलीमा कस्ले जित्ला भन्ने कौतुहलता बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशको सर्वदलीय बस्दै
-
३५ किलो गाँजासहित एक जना पक्राउ
-
संसद्को चालु अधिवेशनको अन्तिम बैठक आज बस्दै, यस्तो छ कार्यसूची
-
आजदेखि विमानस्थल सञ्चालन १८ घण्टा, मध्यपूर्वका एयरलाइन्सलाई क्यानको ‘सबक’
-
नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा कालोपत्र
-
बागमती सरकारले नीति आयोग कार्य सञ्चालन गर्न कानुन बनाउने