शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दुग्ध विकास संस्थानले माग्यो अधिकृत र सहायकस्तरका १२३ कर्मचारी, सूचना हेर्नुहोस्

शुक्रबार, २९ कात्तिक २०७६, ०९ : ४०
शुक्रबार, २९ कात्तिक २०७६

काठमाडौँ । दुग्ध विकास संस्थानले १२३ जना कर्मचारीको माग गरेको छ । 

संस्थानले शुक्रबार एक सूचना प्रकाशित गरी अधिकृतस्तरमा ३३ जना र सहायक स्तरमा ९० जना कर्मचारी माग गरेको हो । 

आन्तरिक प्रतियोगिता, खुला तथा समावेशी पदको प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गरिने संस्थानको पदपूर्ति समितिले जारी गरेको सूचनामा उल्लेख छ । 

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले आगामी मंसिर १९ गतेभित्र र दोब्बर दस्तुर तिरी मंसिर २६ गतेभित्र आवेदन दिन सक्नेछन् । 
सूचना हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप