शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अक्षय कुमारले फोटो सेयर गर्दा कपिल शर्माले भने, ‘तपाईंको भन्दा मेरै अघि आउँछ ‘गुड न्यूज’’

शुक्रबार, २९ कात्तिक २०७६, ०९ : १४
शुक्रबार, २९ कात्तिक २०७६

अक्षय कुमारको फिल्म ‘गुड न्यूज’ क्रिसमसको मौकामा रिलिज हुनेछ । यो फिल्ममा उनीसँग करिना कपुर, दिलजीत दोसांझ र कियारा आडवाणी पनि देखिनेछन् ।

अक्षय कुमारले यो फिल्मको पहिलो पोस्टर सेयर गरेका छन् । उनले सेयर गरेको यो पोस्टरमाथि निकै प्रतिक्रिया आइरहेका छन् । भारतका हास्यकलाकार कपिल शर्माले पनि ट्वीटमार्फत् आफ्नो प्रतिक्रिया दिएका छन् ।

अक्षय कुमारको फिल्म ‘गुड न्यूज’ को पोस्टर सेयर गर्दै कपिल शर्माले लेखे, ‘बधाई छ । पोस्टर निकै राम्रो देखिएको छ तर मेरो गुड न्यूज तपाईंको भन्दा अघि आउँछ । अल द बेस्ट टीम गुड न्यूज ।’

कपिल शर्माले यसो भनेर गुड न्यूज फिल्म रिलिज अगावै उनको सन्तानको जन्म हुने बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप