बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सोसल मिडियाले मानिसहरुलाई कसरी बनाइरहेको छ धनी ?

शुक्रबार, २९ कात्तिक २०७६, ०८ : ३१
शुक्रबार, २९ कात्तिक २०७६

सोसल मिडियामा मानिसहरु आफ्नो याद मात्रै सजाउँदैनन्, यसमार्फत् नाम र दाम दुबै कमाइरहेका छन् ।

एक रिपोर्ट अनुसार पछिल्ला केही वर्षमा सोसल मिडियामा पैसा कमाउने मानिसहरुको संख्या उल्लेख्य मात्रामा बढिरहेको छ ।

मार्केटिङ फर्म आइजेडईएले आफ्नो रिपोर्टमा बताए अनुसार इन्स्टाग्राममा एक स्पोन्सर्ड तस्बिरको औसत मूल्य पछिल्ला केही वर्षमा तीब्र रुपमा बढिरहेको छ ।

रिपोर्टका अनुसार जुन तस्बिरको मूलय सन् २०१४ मा १३५ डलर थियो त्यसको मूल्य सन् २०१९ मा १ हजार ६ सय ४२ डलरभन्दा माथि पुगिसेकको छ ।

यस्तै, बिजनेस इनसाइडरको एक रिपोर्ट अनुसार विभिन्न ब्रान्डले सोसल मिडियामा पोस्ट, भिडियो, स्टोरिज र ब्लग्सलाई स्पोन्सर गर्नका लागि राम्रो मूल्य चुकाउनका लागि तयार छन् ।

यद्यपि, यी सबै रिपोर्टबीच विज्ञापनका एक विशेषज्ञका अनुसार यो नयाँ ट्रेन्डका कारण विज्ञापनको पारम्परिक ढाँचा बन्द हुनेछ । यसलाई उनले अर्थहीन बताएका छन् ।

सोसल मिडिया मार्केटिङ प्लेटफर्म सोशलबेकरका चीफ एग्जिक्यूटिभ युवल बेन इत्जेक भन्छन्, ‘डिजिटल मार्केटिङ ठ्याक्कै त्यस्तै हो जुन हामी कुनै कुराको मुखैले तारिफ गर्छौं तर यति हुँदा हुँदै पनि विज्ञापनको दुनिया डिजिटल मार्केटिङ र पारम्परिक विज्ञापन माध्यमको मिश्रण नै हुनेछ ।’

आइजेडईएको रिपोर्टमा फेसबुक, युट्युब, इन्स्टाग्राम र ब्लग्सको प्रायोजित कन्टेन्टमाथि अनुसन्धान गरेपछि सन् २०१४ देखि २०१९ काबीच यसको मूल्यमा बढोत्तरी भएको पत्ता लगाएको छ ।

यी वृद्धि भएको मूल्यको फाइदा सोसल मिडियाको माध्यमबाट चर्चित भएका मानिसहरुले पाएका छन् । ठूला सेलिब्रिटीमात्रै होइनन्, जसका करिब एक लाख फलोआर्स छन् उनीहरुले पनि यसमार्फत् राम्रो आम्दानी गरिरहेका छन् ।

रिपोर्टका विशेष बुँदाः

– इन्स्टाग्राममा प्रायोजित तस्बिरको औसत मूल्य सन् २०१८ देखि २०१९ को बीच ४४ प्रतिशत बढेको छ ।

 – एक प्रायोजित ब्लगका लागि सन् २००६ मा करिब आठ सय रुपैयाँ लिन्थे भने अब सन् २०१९ मा यसका लागि करिब एक लाख १६ हजार रुपैयाँसम्म लिइरहेका छन् ।

– सबैभन्दा धेरै वृद्धि युट्युब भिडियोमा भएको छ । यसमा करिब चार गुणा बढोत्तरी देखिएको छ । सन् २०१४ मा कुनै एक प्रायोजित भिडियोका लागि ४८ हजार रुपैयाँसम्म लाग्थ्यो । अब यसको लागि लगभग आठ लाख रुपैयाँसम्म लाग्छ ।

– एक फेसबुक स्टेटस अपडेटको मूल्य सन् २०१४ मा ९ सय २१ रुपैयाँ थियो जुन सन् २०१९ मा बढेर ४४ हजारसम्म पुगेको छ ।

– ट्वीटरमा एउटा पोष्टको मूल्य तीन हजारबाट बढेर ४८ हजार रुपैयाँसम्म पुगिसकेको छ ।

– ब्लग पोष्टको मूल्य ४८ हजार रुपैयाँ बढेर १ लाख ६० हजार रुपैयाँसम्म पुगेको छ ।

उपभोक्ता कानूनको उल्लंघनः

मानिसहरुले अहिले पैसा कमाउनकै लागि सोसल मिडियासँग जोडिएका छन् । त्यसैकारण अब सोसल मिडिया साइट्सले पनि मानिसहरुमाथि कडा निगरानी गर्न थालेको छ ।

पछिल्लो महिना विज्ञापन मानक प्राधिकरणले तीन व्यक्तिको इन्स्टाग्राम पोष्टलाई प्रतिबन्ध लगाएको थियो किनभने उनीहरु खाद्य पदार्थसम्बन्धि झुटो खबर फैलाइरहेका थिए । प्राधिकरणले यसलाई गैर जिम्मेवारीपूर्ण व्यवहार बताएको थियो ।

यसै वर्षको सुरुवातमा कम्पिटिशन एण्ड मार्केट्स अथोरिटीले केही मानिसहरुलाई सोसल मिडियामार्फत् उपभोक्ता कानूनको उल्लंघन गरेको भन्दै चेतावनी दिएको थियो ।

जाई सग, गायिका रिटा ओरा र मोडल रोजी हंटिंगन–ह्वाइटली ती १६ सोसल मिडिया सेलिब्रिटीमा समावेश छन् जसले सोसल मिडियामा पोष्ट गर्ने तरिकामा परिवर्तन गरेको कुरा स्विकारेका छन् ।

सोशलबेकर्सको डेटा अनुसार ब्रान्डहरुले लगातार सोसलमिडियामार्फत् विज्ञापन पेश गर्नका लागि पैसा खर्च गर्न तयार छन् ।

अनुसन्धानका अनुसार गत वर्ष प्रायोजित पोष्टो संख्यामा १५० प्रतिशतको वृद्धि देख्न पाइयो । यी पोष्टमा ह्याशट्याग प्रयोग गरेर त्यसलाई फैलाइएको थियो ।

यो वृद्धि अबका केही वर्षमा पनि जारी रहने बताइएको छ । सन् २०२० मा सोसल मिडियामार्फत् विज्ञापन दिने इन्डष्ट्रि १० बिलियन डलरसम्म पुग्नसक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप